काठमाण्डौ । मुक्तिनाथ कृषि कम्पनीको आइपीओमा भोलि अर्थात मंसिर १९ गते बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलका अनुसार मंगलबार बिहान १० बजे बाँडफाँट हुने जनाएको हो । आइपीओमा १२ लाख भन्दा बढीको हात रित्तो हुने भएको छ । आइपीओमा अन्तिम दिनसम्म १३ लाख २४ हजार ३६७ जनाले १ करोड ४३ लाख ४२ हजार ६२० कित्ताका लागि आवेदन दिएका हुन् । जुन माग भन्दा १२।४९ गुणा बढी आवेदन हो । ...