logo

२०८२ फागुन २२, शुक्रबार

logo
  • २०८२ फागुन २२, शुक्रबार
  • राष्ट्र बैंकले भन्यो– एटीएम बुथको ढोका खुल्ला राख, स्यानिटाइजरको व्यवस्था गर

    राष्ट्र बैंकले भन्यो– एटीएम बुथको ढोका खुल्ला राख, स्यानिटाइजरको व्यवस्था गर

    9.5K
    SHARES
    राष्ट्र बैंकले भन्यो– एटीएम बुथको ढोका खुल्ला राख, स्यानिटाइजरको व्यवस्था गर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई कोरोना संक्रमणको पछिल्लो अवस्थालाई ध्यानमा राखी चार बुँदे निर्देशन जारी गरेको छ। केन्द्रीय बैंकले विश्वव्यापी रुपमा पछिल्ला केही दिनमा कोभिड १९ को संक्रमण नयाँ स्वरुपमा फैलिँदै गएको र नेपालमा पनि फैलिने संकेत देखिएको भन्दै स्वास्थ्य सतर्कता अपनाउन भनेको हो।



    यसअनुसार क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्थाले सरकार र विश्व स्वास्थ्य संगठनको सुरक्षासम्बन्धी मापदण्ड पालना गरी सेवा प्रवाहमा प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राहीमा संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न आवश्यक उपाय अपनाउनुपर्नेछ। त्यस्तै सेवाग्राहकीको भीडभाड नहुने तथा भौतिक दूरी कायम हुने व्यवस्था मिलाई सेवा प्रवाह गर्नुपर्नेछ।

    बैंक तथा वित्तीय संस्थाद्वारा सञ्चालित एटीएम बुथको ढोका खुला राखी स्यानिटाइजर लगायतका सामग्रीको व्यवस्था गर्नुपर्नेछ। यसबाहेक बैंक तथा वित्तीय संस्थाबाट सञ्चालन गरिने बैठक, गोष्ठी, सेमिनार, तालिमजस्ता कार्यक्रमहरुमा भौतिक दूरी सुनिश्चित गर्ने वा यस्ता कार्यक्रम सकभर भर्चुअल माध्यमबाट गर्ने व्यवस्था मिलाउने भनिएको छ।


    अर्थ चाैतारी
  • सोमबार, २६ पुस २०७८
  • सम्बन्धित समाचार