logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • विश्व बैंकबाट उपलब्ध हुने एक सय ५० मिलियन अमेरिकी डलर स्वीकार गर्ने सरकारको निर्णय

    विश्व बैंकबाट उपलब्ध हुने एक सय ५० मिलियन अमेरिकी डलर स्वीकार गर्ने सरकारको निर्णय

    2.6K
    SHARES
    विश्व बैंकबाट उपलब्ध हुने एक सय ५० मिलियन अमेरिकी डलर स्वीकार गर्ने सरकारको निर्णय

    काठमाण्डौ । सरकारले विश्व बैंकबाट उपलब्ध हुने एक सय ५० मिलियन अमेरिकी डलर (करिब २० अर्ब १२ करोड नेपाली रुपैयाँ) बरावरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गरेको छ ।



    आज मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सो जानकारी गराउनु भएको हो । त्यस्तै विश्व बैंकबाट हरित, उत्थानशील र समावेशी विकासका लागि प्रस्ताव गरिएको करिब एक सय ३५ मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने सम्बन्धमा वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरी वार्ता गर्न अख्तियारी दिने निर्णय गरेको छ ।

    विपद्जन्य घटनालाई सम्बोधन गर्नेगरी राहत तथा पुनर्निर्माण प्रयोजनार्थ नेपाल सरकारलाई अनुदान स्वरूप प्राप्त हुने मालवस्तुमा भन्सार महसुल छुट दिने, नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यकारी निर्देशक पदमा आशिष गजुरेललाई पुनर्नियुक्त गर्ने, २०८१ कात्तिक १८ देखि २१ सम्म भारतको नयाँ दिल्लीमा आयोजना हुने अन्तराष्ट्रिय सौर्य गठबन्धनको सातौँ बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्कालाई सहभागी हुन स्वीकृति दिने निर्णय गरेको छ ।


    अर्थ चाैतारी
  • आइतबार, ४ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट