logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • एनपीएलः सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ पार्टनर बन्यो डाबर नेपाल

    एनपीएलः सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ पार्टनर बन्यो डाबर नेपाल

    1.3K
    SHARES
    एनपीएलः सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ पार्टनर बन्यो डाबर नेपाल

    काठमाण्डौ । डाबर नेपाल दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ प्रायोजक बनेको छ । डाबर नेपाल र सुदूरपश्चिम रोयल्सबीच बुधबार काठमाडौँमा सम्झौता भएको हो जस्मा डाबर रेड पेस्ट र डावर हनि सुदुरपश्चिम रोयल्सलाई समर्थन गर्दै जोडिने छन्।



     

    सम्झौतापछि बोल्दै डाबर नेपालका मार्केटिङ प्रमुख अभय गोर्खालीले भने, ‘यो साझेदारीले नेपाल प्रिमियर लिगका शीर्ष टिममध्ये एक सुदूरपश्चिम रोयल्सलाई डाबर रेड पेस्ट – नेपालको नं. १ टूथपेस्ट ब्रान्ड तथा डाबर हनी – विश्वको नं. १ मह ब्रान्डसँग एकसाथ ल्याएको छ । हामी क्रिकेटको उत्साह र लाखौं नेपाली उपभोक्ताको विश्वासलाई मनाउने उत्साहजनक एनपीएल सिजनको प्रतीक्षा गर्दैछौं ।

     

    यसैबीच, सुदूरपश्चिम रोयल्सका सीईओ प्रकाश खड्काले भनेः “हामी हाम्रो टिमसँग डाबर जस्तो ब्रान्ड जोडिनुमा अत्यन्तै खुशी छौं । यस सम्झौताले टोलीमा अझ बढी ऊर्जा र उत्साह थपेको छ ।”

     


    अर्थ चौतारी
  • विहिबार, २७ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट