logo

२०८२ चैत्र २७, शुक्रबार

logo
  • २०८२ चैत्र २७, शुक्रबार
  • पिपुल्स पावरको वित्तीय सुधार : ऋण शून्य, आम्दानी उकालो

    पिपुल्स पावरको वित्तीय सुधार : ऋण शून्य, आम्दानी उकालो

    1.1K
    SHARES
    पिपुल्स पावरको वित्तीय सुधार : ऋण शून्य, आम्दानी उकालो

    काठमाण्डौ । पिपुल्स पावर ऋणमुक्त बनेको छ। कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२।८३ को प्रथम त्रैमास (साउन–असोज)को वित्तीय विवरणबाट यस्तो देखिएको हो।



     

     

    अघिल्लो आर्थिक वर्ष २०८१।८२ को असोज मसान्तसम्म कम्पनीको दीर्घकालीन ऋणका रुपमा ३२ करोड ४२ लाख ८ हजार रुपैयाँ थियो। जुन अघिल्लो आर्थिक वर्षकै चौथो त्रैमास असारसम्म घटेर २८ करोड १८ लाख ४४ हजार रुपैयाँ झरेको थियो। चालु आर्थिक वर्षको प्रथम त्रैमासमा उक्त ऋण कम्पनीले चुक्ता गरेको छ।

     

    समीक्षा अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ३ करोड १७ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीको आम्दानी ३ करोड १ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको आम्दानी ५.३३ प्रतिशतले बढेको छ।

     

    चालु वर्षको असोजसम्म कम्पनीले १ करोड २६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले १ करोड ७२ लाख रुपैयाँ आम्दानी गरेको थियो।

    कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी ५.३२ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १०६.२० रुपैयाँ रहेको छ। कम्पनीले आयोजना निर्माण सम्पन्न भई २०७९ मंसिर १२ गतेबाट व्यापारिक विद्युत उत्पादन सुरु गरिरहेको छ।


    अर्थ चौतारी
  • मंगलबार, २ मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट