logo

२०८३ बैशाख १७, विहिबार

logo
  • २०८३ बैशाख १७, विहिबार
  • राष्ट्रिय परिचयपत्र मार्फत ३ लाख बढीले गराए मतदाता नामावली दर्ता

    राष्ट्रिय परिचयपत्र मार्फत ३ लाख बढीले गराए मतदाता नामावली दर्ता

    884
    SHARES
    राष्ट्रिय परिचयपत्र मार्फत ३ लाख बढीले गराए मतदाता नामावली दर्ता

    काठमाण्डौ । राष्ट्रिय परिचयपत्र मार्फत ३ लाख ८ हजार ५८५ जनाले नयाँ मतदाता नामावली दर्ता गराएका छन् । यो सङ्ख्या मङ्सिर १ गते राति ९ः३० बजे सम्मको हो ।



     

    पुरुष १ लाख १५ हजार ०७, महिला १ लाख २७ हजार ६९ र अन्य ९ जना गरी कुल ३ लाख ८ हजार ५८५ जनाले राष्ट्रिय परिचयपत्र मार्फत मतदाता नामावली दर्ता गराएका हुन् ।

     

    निर्वाचन आयोगका अनुसार बायोमेट्रिक्स मार्फत पनि ३ लाख ११ हजार ४१५ जनाले नाम दर्ता गराएका छन् । यो सङ्ख्या भने नयाँ मतदाता नामावली सङ्कलन खुला गरिएदेखि कात्तिक ३० गतेसम्मको भएको आयोगको भनाइ छ ।

     

    आयोगका अनुसार नामावली दर्ता मङ्सिर ५ गतेसम्म गर्न सकिने छ । अहिले राष्ट्रिय परिचयपत्र नम्बर भएको खण्डमा अनलाइनमार्फत नै नाम दर्ता गर्न सकिनेगरी सरकारले व्यवस्था मिलाएको छ ।


    अर्थ चौतारी
  • मंगलबार, २ मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट