logo

२०८२ फागुन २६, मंगलबार

logo
  • २०८२ फागुन २६, मंगलबार
  • म झापाबाट चुनाव लड्दिनँः प्रधानमन्त्री कार्की

    म झापाबाट चुनाव लड्दिनँः प्रधानमन्त्री कार्की

    676
    SHARES
    म झापाबाट चुनाव लड्दिनँः प्रधानमन्त्री कार्की

    काठमाण्डौ । प्रधानमन्त्री सुशीला कार्कीले आफू चुनाव लड्ने दौडमा नरहेको स्पष्ट पारेकी छन् । बुधबार सिंहदरबारमा आयोजित सर्वदलीय बैठकमा प्रधानमन्त्री कार्कीले आफूहरू सत्ताको भोगबिलासका लागि नभई देशको सेवाका लागि आएको बताइन् । केही दिनअघि एक अन्तर्वार्तामा ओलीले प्रधानमन्त्री सुशीला कार्कीलाई झापाबाट चुनाव लडेर आफूलाई हराउन चुनौती दिएका थिए ।



     

    जवाफमा प्रधानमन्त्री कार्कीले आफ्नो प्राथमिकता चुनाव र सत्ता नभएको बताएकी हुन् । मलाई झापामा चुनाव लड्न आऊ भनेको पनि सुनेको छु । म स्पष्ट पार्न चाहन्छु– म चुनाव लड्दिनँ । म यहाँ चुनाव लड्न आएको पनि होइन ।

     

    प्रधानमन्त्री कार्कीले आफू र आफ्नो टिम पदको दुरुपयोग गर्न वा रमाइलो गर्न सरकारमा नआएको जिकिर गरिन् । हामी गाडी चढ्न र रमाइलो गर्न पनि आएका होइनौँ,उनले भनिन् ।


    अर्थ चौतारी
  • विहिबार, ४ मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट