काठमाण्डौ । ग्लोबल टेक जाएन्ट जेडटीई आफ्ना २ नयाँ स्मार्टफोनहरू नेपाली बजारमा ल्याउने तयारीमा छ । कम्पनीले छिट्टै नुबिया भी– ८० डिजाइन र नुबिया एयर मोडलका स्मार्टफोनहरू नेपाली बजारमा प्रस्तुत गर्न लागेको हो । यी दुवै स्मार्टफोनहरूमा आकर्षक डिजाइन, स्मार्ट एआई सिस्टम, र दिगो इन्जिनियरिङ हुनुका साथै प्रतिस्पर्धात्मक मूल्यमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।
कम्पनीका अनुसार जेडटीई नुबिया एयर पर्फर्मेन्स केन्द्रित स्मार्टफोन हो, जसको प्रिमियम डिस्प्ले र मजबुत बनोट बजारमैत्री मूल्यमा आउने भएको छ । यसमा ६.७८ इन्चको एमोलेड डिस्प्ले, १२० हर्जको रिफ्रेस रेट, ४,५०० निट्स पिक ब्राइटनेस, र १२२४ × २७२० रिजोल्युसन रहेको छ ।
६ नानोमिटर युनिसक टी८३०० चिपसेटद्वारा सञ्चालित यस स्मार्टफोनमा ८ जीबी र्याम, २५६ जीबी स्टोरेज र एन्ड्रोइड १५ रहेको कम्पनीको भनाइ छ । हल्का तर बलियो यो फोनको नाप १६४.२ x ७६.६ x ६.७ मिमि, तौल १७२ ग्राम र आईपी६८/आईपी६९के धुलो तथा पानी प्रतिरोध गर्ने क्षमता रहेको कम्पनीले बताएको छ ।

त्यसैगरी, नुबिया भी–८० डिजाइनमा ६.७५ इन्चको एफएचडी+ एमोलेड डिस्प्ले, १२० हर्जको रिफ्रेस रेट, ५० एमपीको एआई प्राइमरी क्यामरा, १६ एमपीको सेल्फी क्यामेरा र रियल टाइम ट्रान्सलेसन, एआई राइटिङ, तथा ठगी पहिचानका लागि डेडिकेटेड रातो एआई बटन रहेको छ ।
नुबिया लिंकफ्रीले लोकल कनेक्टिभिटी सहज बनाउँछ । एन्ड्रोइड १६ मा आधारित माई ओएस १६ मा चल्ने यस फोनमा युनिसक टी७२८० चिपसेट, ८ जीबीको र्याम, २५६ जीबी स्टोरेज र ५००० एमएएचको ब्याट्री २२.५ वाटको चार्जिङसँग उपलब्ध छ ।
अर्थ चौतारी ।