logo

२०८२ पुस २८, सोमबार

logo
  • २०८२ पुस २८, सोमबार
  • लाभांश पारित गर्न एलआईसी नेपालले डाक्यो साधारणसभा

    लाभांश पारित गर्न एलआईसी नेपालले डाक्यो साधारणसभा

    793
    SHARES
    लाभांश पारित गर्न एलआईसी नेपालले डाक्यो साधारणसभा

    काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड (एलआईसी) को हिजो बसेको सञ्चालक समितिको बैठकले पुस ३० गते बुधबार ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बिहान ११ः१५ बजे चौबीसौं वार्षिक साधारणसभा डाकेको छ।



     

     

    सभाले हाल कायम चुक्ता पूँजीको २१.०५२६ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पारित गर्नेछ। साथै संस्थापक एवं स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, सञ्चालक समितिको बैठक भत्ता बढाउने, सामाजिक उत्तरदायित्वमा भएको खर्च अनुमोदन गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

     

     

    त्यसैगरी गत आर्थिक वर्ष (आव) को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित वासलात, नाफा नोकसन हिसाब तथा नदग प्रवाह विवरणमाथि छलफल गरी पारित गर्ने र चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ।

     

    साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस १७ गते एक दिन बुक क्लोज गरिने कम्पनीले जानकारी दिएको छ।


    अर्थ चौतारी
  • बुधबार, ९ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट