logo

२०८२ चैत्र २८, शनिबार

logo
  • २०८२ चैत्र २८, शनिबार
  • मोहन बस्नेत जोडिएको टेरामक्स भ्रष्टाचारमा विशेष अदालतले माग्यो सर्वोच्चका दुई आदेश

    मोहन बस्नेत जोडिएको टेरामक्स भ्रष्टाचारमा विशेष अदालतले माग्यो सर्वोच्चका दुई आदेश

    1.1K
    SHARES
    मोहन बस्नेत जोडिएको टेरामक्स भ्रष्टाचारमा विशेष अदालतले माग्यो सर्वोच्चका दुई आदेश

    काठमाण्डौ । नेपाली कांग्रेसका नेता एवम् पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेत जोडिएको भ्रष्टाचारको मुद्दामा विशेष अदालतले सर्वोच्च अदालतका दुई आदेश झिकाएको छ।



     

    उनी नेपाल दूरसञ्चार प्राधिकरणको ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) उपकरण तथा प्रणाली खरिदमा भएको भ्रष्टाचारमा जोडिएका थिए। यस प्रकरणमा तत्कालीन सञ्चारमन्त्री बस्नेतसहित १६ जनाउपर ३ अर्ब २१ करोड ८३ लाख घोटाला गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्ष जेठ १ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

     

    विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र हेमन्त रावलको इजलासले आइतबार यसैसँग सम्बन्धित सर्वोच्चका दुईवटा आदेश मगाउन भनेको हो। टेरामक्स प्रणाली खरिद प्रक्रिया रद्द गर्ने गरी नेपाल दूरसञ्चार प्राधिकरणबाट २०७६ वैशाख २० गते भएको निर्णयविरुद्ध भानराइज सोलुसनले सर्वोच्च अदालतमा रिट दायर गरेको थियो।

     

    २०७६ जेठ २० गते दायर रिटमा सर्वोच्च अदालतले २०७८ वैशाख १४ गते आदेश दिएको थियो। यही विषयसँग सम्बन्धित अर्को रिट निवेदनमा भएको आदेशको प्रमाणित प्रतिलिपि पनि सर्वोच्चबाट झिकाउन विशेष अदालतले आदेश दिएको हो।

     

     

    यस्तै यही भ्रष्टाचार मुद्दासँग सम्बन्धित विषयको अनुसन्धानको क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट नियुक्त टेलिकम्युनिकेसन विज्ञ केशव ज्ञवालीसँग बुझ्नुपर्ने देखिएकाले उनलाई बकपत्रका लागि इजलासमा पेश गर्न पनि आदेशमा भनिएको छ।

     


    अर्थ चौतारी
  • आइतबार, १३ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट