logo

२०८२ चैत्र २७, शुक्रबार

logo
  • २०८२ चैत्र २७, शुक्रबार
  • मंगलबार अमेरिकी डलरको मूल्य बढ्यो

    मंगलबार अमेरिकी डलरको मूल्य बढ्यो

    1.5K
    SHARES
    मंगलबार अमेरिकी डलरको मूल्य बढ्यो

    काठमाण्डौ। मंगलबार अमेरिकी डलरको मूल्यमा वृद्धि भएको छ । सोमबार एक अमेरिकी डलरको खरिददर १४३ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ०७ पैसा रहेकोमा मंगलबार खरिददर बढेर १४३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४४ रुपैयाँ २७ पैसा पुगेको छ ।



     

    नेपाल राष्ट्र बैंकका अनुसार अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ २४ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६४ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ९२ पैसा र बिक्रीदर १०५ रुपैयाँ ३६ पैसा कायम गरिएको छ ।

    यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ र बिक्रीदर १६९ रुपैयाँ ७० पैसा निर्धारण गरिएको छ । युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९३ रुपैयाँ ८८ पैसा र बिक्रीदर १९४ रुपैयाँ ६९ पैसा रहेको छ ।

    राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।


    अर्थ चौतारी
  • मंगलबार, १५ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट