logo

२०८२ चैत्र २८, शनिबार

logo
  • २०८२ चैत्र २८, शनिबार
  • बिरामीलाई अनावश्यक रूपमा ‘रिफर’ नगर्न स्वास्थ्य बीमा बोर्डको निर्देशन

    बिरामीलाई अनावश्यक रूपमा ‘रिफर’ नगर्न स्वास्थ्य बीमा बोर्डको निर्देशन

    1.2K
    SHARES
    बिरामीलाई अनावश्यक रूपमा ‘रिफर’ नगर्न स्वास्थ्य बीमा बोर्डको निर्देशन

    काठमाण्डौ । स्वास्थ्य बीमा बोर्डले बिमामा आबद्ध सबै स्वास्थ्य संस्थालाई बिरामीलाई अनावश्यक रिफर नगर्न निर्देशन दिएको छ।



    बोर्डका सूचना अधिकारी विकेश मल्लले भने, अनावश्यक रिफर गर्दा बिरामीलाई पनि सास्ती हुने र अनावश्यक स्वास्थ्य परीक्षण हुने भएकाले यस्तो नगर्न अस्पताललाई अनुरोध गरिएको हो।

    बोर्डले आज सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई परिपत्र गर्दै आफ्नो अस्पतालमा उपलब्ध सेवा नजरअन्दाज गरी बिरामीलाई अनावश्यक रिफर नगर्न भनेको हो।

    परिपत्रमा भनिएको छ, “सेवा प्रदायक स्वास्थ्य संस्थाले आफ्नो संस्थामा पर्याप्त सेवा हुँदाहुँदै र हुनुपर्ने सेवा उपलब्ध गराउनुपर्नेमा स्वास्थ्य बिमा ऐन २०७४, स्वास्थ्य बिमा नियमावली २०७५ तथा प्रेषण कार्यविधि २०८० विपरीत अनावश्यक रूपमा प्रेषण गरेको पाइएकाले त्यस्तो नगर्नुहुन अनुरोध छ।”

    बोर्डले सेवा उपलब्ध गराउन नसक्ने भएमा प्रेषण पुर्जी भरी नजिकको स्वास्थ्य संस्थामा पठाउन निर्देशन दिएको छ।

    यस्तै, अनावश्यक रिफर गरेको पाइएमा दाबी मूल्याङ्कन र रुजु गर्दा सोध भर्ना नगरिने साथै त्यस्ता स्वास्थ्य संस्थाको सम्झौता स्थगन वा रद्द हुने पनि सूचित गरिएको छ।


    अर्थ चाैतारी
  • आइतबार, १८ माघ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट