logo

२०८२ चैत्र २८, शनिबार

logo
  • २०८२ चैत्र २८, शनिबार
  • नेफ्‌स्कुनका अध्यक्ष चन्द्र प्रसाद ढकाल एशियाली ऋण महासंको कोषध्यक्षमा निर्वाचित

    नेफ्‌स्कुनका अध्यक्ष चन्द्र प्रसाद ढकाल एशियाली ऋण महासंको कोषध्यक्षमा निर्वाचित

    897
    SHARES
    नेफ्‌स्कुनका अध्यक्ष चन्द्र प्रसाद ढकाल एशियाली ऋण महासंको कोषध्यक्षमा निर्वाचित

    काठमाण्डौ । नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफ्‌सकुन) का अध्यक्ष चन्द्र प्रसाद ढकाल एशियाली ऋण महासंघको कोषाध्यक्षमा निर्वाचित भएका छन् ।



    सन् २०२६ फेब्रुअरी २ मा बैंककमा सम्पन्न सञ्चालक समितिको बैठकले नयाँ नेतृत्व चयन गरेको हो । नेशनल क्रेडिट युनियन फेडरेशन अफ कोरियामा आफ्नो कार्यकाल पूरा भएपछि किम युनसिकले एशियाली ऋण महासंघको अध्यक्ष पदबाट बिदा लिएका थिए ।

    अध्यक्षबाट किम युनसिकले बिदा लिएसँगै विधान बमोजिम, पोलि. म्याज. जेन. दनुकृत कलम्पाकोर्नले नयाँ अध्यक्षको पदभार ग्रहण गरेका हुन् । सोही कार्यसमितिको कोषाध्यक्षमा नेफ्‌स्कुनका अध्यक्ष ढकाल पनि चयन भएका हुन् । यो सञ्चालक समितिले सेप्टेम्बर २०२६ सम्म काम गर्न पाउने एशियाली ऋण महासंघले जनाएको छ ।

    महासंघको अध्यक्षमा पोलि. म्याज. जेन. दनुकृत कलम्पाकोर्न, प्रथम उपाध्यक्षमा ली चुन फेन, द्वितीय उपाध्यक्षमा डा. वारा साबोन डोमिनिकस, एम.एससी, सचिवमा अधिवक्ता सोलेदाद भी. काबान्गिस र कोषाध्यक्षमा चन्द्र ढकाल चयन भएका हुन् ।


    अर्थ चाैतारी
  • मंगलबार, २० माघ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट