logo

२०८२ चैत्र २७, शुक्रबार

logo
  • २०८२ चैत्र २७, शुक्रबार
  • कमलामाई नगरपालिकाका मेयरको घरमा अख्तियारको छापा

    कमलामाई नगरपालिकाका मेयरको घरमा अख्तियारको छापा

    1.2K
    SHARES
    कमलामाई नगरपालिकाका मेयरको घरमा अख्तियारको छापा

    काठमाण्डौ । सिन्धुलीको कमलामाई नगरपालिकाका मेयर उपेन्द्र पोखरेलको घरमा अख्तियारले छापा मारेको छ । अख्तियारको शाखा कार्यालय बर्दिबासबाट खटिएको टोलीले सिन्धुलीमाढीस्थित पोखरेलको घरमा गएर सोमबार छापा मारेको हो । अख्तियारको टोलीले उनीसँग सोधपुछ पनि गरेको छ ।



    सिन्धुलीमाढीस्थित पुरानो सभाहल भत्काउँदा त्यहाँबाट निकालिएको सयौँ क्युफिट काठ हिनामिना गरेको उजुरी परेपछि आयोगले त्यसबारे छानबिन गरिरहेको छ । सभाहल भत्काउँदा नगर प्रहरी ब्यारेक पछाडि राखिएको काठ हिनामिना भएको बारेमा अख्तियारको टोलीले उनीसँग घरमा गएर सोधपुछ पनि गरेको हो ।

    उनको घरमा छापा मार्दा काठ नभेटिएको अख्तियारका एक जना अधिकृतले बताए । ती अधिकृतले भने, ‘उहाँको घरमा काठ भेटिएन, हामी अनुसन्धान गर्दै छौँ ।’


    अर्थ चाैतारी
  • बुधबार, २१ माघ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट