logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • तनहुँ पुगेर अर्थमन्त्री खनालले भनेः स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सरकार प्रतिबद्ध छ

    तनहुँ पुगेर अर्थमन्त्री खनालले भनेः स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सरकार प्रतिबद्ध छ

    923
    SHARES
    तनहुँ पुगेर अर्थमन्त्री खनालले भनेः स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सरकार प्रतिबद्ध छ

    काठमाण्डाै । आगामी २०८२ फाल्गुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई केन्द्रमा राखेर अर्थमन्त्री रामेश्वरप्रसाद खनालले तनहुँ जिल्लाको स्थलगत अनुगमन भ्रमण गरेका छन्। माघ २० गते जिल्ला पुगेका मन्त्री खनालले निर्वाचन तयारीका विविध पक्षबारे जानकारी लिएका हुन्।



    जिल्लाको निर्वाचन तयारी सम्बन्धमा अनुगमन गर्ने क्रममा उनले प्रमुख जिल्ला अधिकारीसहित जिल्लास्थित चारवटै सुरक्षा निकायका प्रमुखबाट निर्वाचन तयारी, सुरक्षा प्रबन्ध र आचारसंहिता पालनाको अवस्थाबारे जानकारी लिए।

    सो अवसरमा प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले तनहुँमा हालसम्म निर्वाचन आचारसंहिता उल्लंघनका कुनै पनि उजुरी नपरेको बताए। साथै, जिल्लाका ८ वटा मतदान केन्द्रलाई अति संवेदनशील सूचीमा राखिएको जानकारी उनले अर्थमन्त्रीलाई गराए।

    अनुगमनकै क्रममा मन्त्री खनालले जिल्ला निर्वाचन कार्यालयको समेत स्थलगत भ्रमण गरी तयारीबारे जानकारी लिए। सो क्रममा मुख्य निर्वाचन अधिकृत विष्णु उपाध्याय, निर्वाचन क्षेत्र नं. २ का निर्वाचन अधिकृत भेषराज पौडेल र जिल्ला निर्वाचन कार्यालयका प्रमुख विकास लम्सालले हालसम्मको अवस्था र तयारीबारे अर्थमन्त्रीलाई जानकारी गराए।

    निर्वाचन तयारी र आचारसंहिता पालनाको स्थलगत अनुगमन पश्चात अर्थमन्त्री खनालले निर्वाचनको तयारी सन्तोषजनक रूपमा अगाडि बढेको बताए। उनले निर्वाचन कार्यालय, स्थानीय प्रशासन र सबै सुरक्षा संयन्त्रहरू उच्च मनोबलका साथ स्वच्छ निर्वाचन गराउन प्रतिबद्ध रहेको उल्लेख गरे।

    मन्त्री खनालले स्वतन्त्र र निष्पक्ष निर्वाचन तथा स्वच्छ प्रतिस्पर्धाको वातावरण निर्माणमा राजनीतिक दलहरूले देखाएको क्रियाशीलताका लागि आभार समेत व्यक्त गरे।


    अर्थ चाैतारी
  • बुधबार, २१ माघ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट