logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • निर्वाचनमा प्रविधिको दुरुपयोग रोक्नुपर्छ: कार्यवाहक प्रमुख निर्वाचन आयुक्त

    निर्वाचनमा प्रविधिको दुरुपयोग रोक्नुपर्छ: कार्यवाहक प्रमुख निर्वाचन आयुक्त

    520
    SHARES
    निर्वाचनमा प्रविधिको दुरुपयोग रोक्नुपर्छ: कार्यवाहक प्रमुख निर्वाचन आयुक्त

    काठमाण्डौ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी प्रतिनिधि सभा निर्वाचनमा प्रविधि तथा सामाजिक सञ्जालको दुरुपयोगले निर्वाचन प्रक्रियालाई बिथोल्नसक्ने चिन्ता व्यक्त गरेका छन्।



    निर्वाचनमा सामाजिक सञ्जाल र प्रविधिको दुरुपयोग रोक्न आफूहरूले पहल गर्ने प्रतिबद्धतासहित आयोग पुगेको टिकटकको प्रतिनिधिमण्डलसँगको भेटका क्रममा भण्डारीले चिन्ता व्यक्त गरेका हुन्। प्रविधि र सामाजिक सञ्जालमार्फत हुने दुरुपयोग रोक्न सबै पक्षबाट सजगता अपनाउनुपर्ने उनले बताए।

    निर्वाचन प्रयोजनार्थ टिकटकले गरेको सहयोगप्रति उनले धन्यवाद दिए। टिकटकले नेपालमा पवित्र सोचका साथ निःशुल्क निर्वाचन सफल बनाउने कामहरू गर्न लाग्नु आफैँमा महत्त्वपूर्ण कुरा भएको बताए। ‘आगामी निर्वाचनमा प्रविधिको दुरुपयोग हुनुहुँदैन। दुरुपयोगले निर्वाचनलाई अत्यन्त दखल पार्ने, बिथोल्ने, निर्वाचनको संग्लिएको माहोललाई धमिल्याउने धेरैतिरबाट प्रयास हुन्छ,’ उनले भने।

    निर्वाचन आयोगले आगामी निर्वाचनमा सामाजिक सञ्जाल प्लेटफर्महरूसँग समन्वय गरी गलत सूचना, भ्रम फैलाउने सामग्री तथा निर्वाचन आचारसंहिता विपरीतका क्रियाकलाप नियन्त्रण गर्न प्रयास गरिरहेको छ। यस सन्दर्भमा टिकटक जस्ता प्लेटफर्महरूबाट प्राप्त प्रतिबद्धता तथा सहयोगलाई आयोगले सकारात्मक रूपमा लिएको छ।

    ‘विश्वको नजर अहिले हाम्रो निर्वाचन आयोग र निर्वाचनसँग छ। अब नेपालको निर्वाचनलाई टिकटकमार्फत हामी यसरी सहयोग गर्छौं भनेर जुन प्रतिबद्धता जनाउनु भयो, यो धेरै महत्त्वपूर्ण छ,’ उनले भने।

    विश्वव्यापी रूपमा सामाजिक सञ्जालमार्फत निर्वाचन प्रभावित हुने जोखिम बढ्दै गएको अवस्थामा नेपालको निर्वाचन आयोगले प्रविधिको सकारात्मक प्रयोगलाई प्रोत्साहन गर्दै दुरुपयोग रोक्न कडा कदम चाल्ने तयारी गरेको छ।


    अर्थ चाैतारी
  • बुधबार, २१ माघ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट