logo

२०८२ चैत्र ३, मंगलबार

logo
  • २०८२ चैत्र ३, मंगलबार
  • एक वर्षमा बिमा कम्पनीहरूले गरे करिब ३५ अर्बको दाबी भुक्तानी, ५६ अर्ब अझै दिन बाँकी

    एक वर्षमा बिमा कम्पनीहरूले गरे करिब ३५ अर्बको दाबी भुक्तानी, ५६ अर्ब अझै दिन बाँकी

    858
    SHARES
    एक वर्षमा बिमा कम्पनीहरूले गरे करिब ३५ अर्बको दाबी भुक्तानी, ५६ अर्ब अझै दिन बाँकी

    काठमाण्डौ । एक वर्षको अवधिमा बिमा कम्पनीहरुबाट बिमितहरुले करिब ३५ अर्ब बराबरको दाबी भुक्तानी पाएका छन्। नेपाल बीमा प्राधिकरणका अनुसार गत पुस मसान्तसम्म बिमितले ३१ अर्ब १३ करोड रुपैयाँ भुक्तानी पाएकोमा चालू आर्थिक वर्षमा बढेर ३५ अर्बमा पुगेको हो।



    प्राधिकरणले पुस मसान्तसम्म बिमा कम्पनीहरुबाट बिमितले कुल ३४ अर्ब ९१ करोड बराबरको भुक्तानी पाएको जनाएको छ। जीवन बिमातर्फ यस्तो दाबी भुक्तानी ३.२० प्रतिशतले बढ्दा निर्जीवन बिमातर्फ भुक्तानी ३०.६६ प्रतिशतले बढेको हो।

    भदौमा भएको जेनजी आन्दोलनका क्रममा भौतिक संरचनामा ठूलो मात्रामा क्षति पुगेका कारण निर्जीवन बिमाको दाबी भुक्तानी ३० प्रतिशतले बढ्न पुगेको हो। पुस मसान्तसम्म निर्जीवन बिमा कम्पनीहरुले बिमितलाई १३ अर्ब २७ करोड बराबरको भुक्तानी दिएका हुन्।

    जब कि गत वर्षको सोही अवधिमा कम्पनीहरुले १ अर्ब १६ करोडको मात्रै भुक्तानी दिएका थिए। गत वर्षको तुलनामा यो वर्ष जिवन बिमा र नीर्जीवन बिमा दुवैतर्फको दाबी भुक्तानी बढेको देखिन्छ। यस्तै दाबी भुक्तानी माग पनि उस्तै बढेको छ। यसले भुक्तानी गरेको रकम मात्रै बढेको छैन बिमा कम्पनीहरुले भुक्तानी गर्न नसकेको रकम पनि बढेको हो।

    पुस मसान्तसम्म जीवन बीमा कम्पनीहरुले भुक्तानी तिर्नुपर्ने रकम ५४.६३ प्रतिशतले बढेको छ। यो भनेको बिमितले गरेको ६१ हजार ४ सय ६४ वटा माग दाबीबाट ५ अर्ब ५५ करोड रुपैयाँ पाउन बाँकी नै रहेको हो। गत आवको सोही अवधिमा ३ अर्ब ५९ करोड भुक्तानी बाँकी रहेकोमा यो वर्ष बढेको हो।

    यस्तै निर्जीवन बिमा कम्पनीहरुको पनि भुक्तानी गरेको हिस्सा धेरै छ। पुस मसान्तसम्म नीर्जिवन बिमा कम्पनीहरुले १ लाख १३ हजार ७२८ वटा माग दाबीबाट ५० अर्ब ७ करोड रुपैयाँभुक्तानी गरेका छैनन्।

    यो गत आवको पुस मसान्तको भन्दा ५०.६७ प्रतिशतले धेरै हो। गत पुस मसान्तसम्म भुक्तानीबापतको रकम ३३ अर्ब ७१ करोड थियो।


    अर्थ चाैतारी
  • मंगलबार, २७ माघ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट