logo

२०८२ फागुन २६, मंगलबार

logo
  • २०८२ फागुन २६, मंगलबार
  • रामेश्वर खनालले फिर्ता गरे अर्थमन्त्रीको हैसियतमा प्रयोग गर्न दिईएको रातो पासपोर्ट

    रामेश्वर खनालले फिर्ता गरे अर्थमन्त्रीको हैसियतमा प्रयोग गर्न दिईएको रातो पासपोर्ट

    1K
    SHARES
    रामेश्वर खनालले फिर्ता गरे अर्थमन्त्रीको हैसियतमा प्रयोग गर्न दिईएको रातो पासपोर्ट

    काठमाण्डौ । अर्थ मन्त्री रामेश्वर खनालले आफुलाई सरकारले दिएको रातो पासपोर्ट फिर्ता गरेका छन्। चुनावी सरकारका अर्थमन्त्री रहेका उनले आफुलाई प्रदान गरिएको रातो पासपोर्ट परराष्ट्र मन्त्रालयको राहदानी विभागलाई फिर्ता बुझाईदिन भन्दै अर्थ मन्त्रालयको प्रशासन महाशाखामा छोडेका हुन्।



    सो कुटनीतिक पासपोर्टको औचित्य अन्त्य भएकोले पासपोर्ट फिर्ता गरेको उनको भनाई छ। चुनाव सम्पन्न भएसंगै अब करिव एक साता भित्र नयाँ सरकार गठन हुँदै छ। सो अगावै मन्त्री खनालले पासपोर्ट फिर्ता गरेका हुन् ।

    अहिलेको व्यवस्था अनुसार राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपप्रधानमन्त्री, नेपाल सरकारका मन्त्री, प्रदेशका मुख्यमन्त्री, प्रदेशका मन्त्री, प्रदेश प्रमुख व्यवस्थापिका संसदमा विपक्षी दलका नेता, प्रतिनिधिसभाका उपसभामुख, राष्ट्रिय सभाका उपाध्यक्ष, राज्यमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सर्वोच्च अदालतका न्यायाधीश, संवैधानिक निकायका प्रमुख, महान्याधिवक्ता, न्यायपरिषदका सदस्य, राष्ट्रिय सभाका विपक्षी दलका नेता, प्रदेश सभाका सभामुख लगायतले कूटनीतिक पासपोर्ट पाउँछन् ।


    अर्थ चाैतारी
  • मंगलबार, २६ फागुन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट