काठमाण्डौ । सोलु हाइड्रोपावरको शेयर दोस्रो बजारमा आउँदो आइतबारबाट कारोबारमा आउने भएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज सोल हाइड्रोपावरको आइपीओ सूचीकृत भएको छ। कुनै पनि कम्पनीको आइपीओ सूचीकृत भएको दोस्रो दिन अर्थात भोलिपल्टबाट दोस्रो बजारमा कारोबार हुने नियम रहेको छ। तर भोलि शुक्रबार भएकोले यो कम्पनीको शेयर आइतबारबाट कारोबारमा आउने भएको हो।
नेप्सेमा सोलु हाइड्रोपावरको १० करोड कित्ता सूचीकृत भएको छ। जसमा संस्थापकको ८० प्रतिशत अर्थात ८ करोड कित्ता र सर्वसाधारणको २० प्रतिशत अर्थात २ करोड कित्ता रहेको छ। नेप्सेले सोलु हाइड्रोपावरलाई ‘एसओएचएल’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने नेप्सेले न्यूनतम १०० रुपैयाँदेखि अधिकतममा ३०० रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ।
यदि स्पेसल प्रि–ओपन सेसनमा यदि यो कम्पनीको शेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित सत्रका लागि कारोबारमा आउनेछ।
सोलु हाइड्रोपावरले गत पुस २९ गतेबाट माघ ४ गतेसम्म सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको हो। आइपीओ बाँडफाँट भने धितोपत्र बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङमा माघ १२ गते भएको थियो।
अर्थ चाैतारी ।