logo

२०८२ चैत्र २८, शनिबार

logo
  • २०८२ चैत्र २८, शनिबार
  • वैदेशिक रोजगारमा रहेका नेपालीले टक्सार पिखुवा खोला हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

    वैदेशिक रोजगारमा रहेका नेपालीले टक्सार पिखुवा खोला हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

    884
    SHARES
    वैदेशिक रोजगारमा रहेका नेपालीले टक्सार पिखुवा खोला हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

    काठमाण्डौ । वैदेशिक रोजगारमा रहेका नेपालीले टक्सार पिखुवा खोला हाइड्रोपावरले आज चैत १ गते अन्तिम दिन रहेको छ।



    कम्पनीले गते फागुन २७ गतेबाट पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीका लागि आइपीओ निष्कासन गरेको थियो यो आइपीओमा वैदेशिक रोजगारमा रहेकाले आज बैंकिङ समयसम्म आवेदन दिन पाउनेछन्। स्थानीयका लागि यो आइपीओ निष्कासन बन्द छिटोमा चैत ११ गते र ढिलोमा चैत २६ गते हुनेछ।

    नेपाल धितोपत्र बोर्डबाट कम्पनीले जारी पुँजी १ अर्ब २० करोड रुपैयाँको ३५.३६ प्रतिशतले हुन आउने ४२ करोड ३० लाख ६६ हजार ८०० रुपैयाँ अर्थात १०० रुपैयाँ अंकित दरका कुल ४२ लाख ३० हजार ६६८ कित्ता निष्कासन गर्ने अनुमति पाएको छ। त्यसमध्ये आयोजना प्रभावित भोजपुर जिल्लाका स्थानीयका लागि १० प्रतिशतले हुन आउने १२ लाख कित्ता र सर्वसाधारणलाई छुट्याइएको कुल कित्ताको १० प्रतिशतले हुन आउने ३ लाख ३ हजार ६७ कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीका लागि निष्कासन गरिएको छ।

    यो आइपीओमा दुवै समूहले न्यूनतममा १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्।

    भोजपुरबासीले भने प्रभु बैंकको भोजपुर, प्याउली र हटुवागढी शाखा, सिटिजन्स बैंकको भोजपुर शाखा तथा प्रभु क्यापिटलबाट आवेदन दिन सक्नेछन्। टक्सार पिखुवा खोला हाइड्रोपावरको आइपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।


    अर्थ चाैतारी
  • आइतबार, १ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट