logo

२०८३ बैशाख १८, शुक्रबार

logo
  • २०८३ बैशाख १८, शुक्रबार
  • जेनजी आन्दोलनकारीमा टीओबी ग्रुपलाई मात्रै कारबाही गर्न सिफारिस

    जेनजी आन्दोलनकारीमा टीओबी ग्रुपलाई मात्रै कारबाही गर्न सिफारिस

    754
    SHARES
    जेनजी आन्दोलनकारीमा टीओबी ग्रुपलाई मात्रै कारबाही गर्न सिफारिस

    काठमाण्डौ । जेनजी आन्दोलन जाँचबुझ आयोगले भदौ २३ र २४ गते भएको आन्दोलनमा टीओबी ग्रुपलाई पनि अनुसन्धान गरी कारबाही सिफारिस गरेको छ।



    आयोगले सरकारतर्फ तत्कालीन प्रधानमन्त्रीदेखि फिल्डमा खटिएका अधिकारीलाई समेत कारबाही गर्न सिफारिस गरेको छ। तर आन्दोलनकारीतर्फ भने टीओबी ग्रुपलाई मात्रै कारबाही गर्न सिफारिस गरिएको छ।

    भदौ २३ गतेको प्रदर्शनमा टीओबी ग्रुपका व्यक्तिहरू मोटरसाइकलमा चाबहिल ओम अस्पतालबाट धोबी खोला करिडोर हुँदै बिजुलीबजारबाट आई नयाँ बानेश्वरमा भिडलाई उक्साएको आयोगको ठहर छ। शान्ति भंग गराउने कार्य गरेकाले ती ग्रुपको सम्बन्धमा अनुसन्धान गरेर दोषिमाथि फौजदारी संहिताको दफा ३५ अनुसारको कारबाही गर्न सिफारिस गरेको छ।

    यता सरकारतर्फ भने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालसहित एआईजी नारायणदत्त पौडेल र डीआई तथा नेपाल प्रहरीतर्फ पनि एआईजी र डीआईजीहरूलाई कारबाही सिफारिस गरिएको छ।

    यस्तै काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालसहित काठमाडौँ प्रहरी प्रमुख एसएसपी (हाल डीआईजी) विश्व अधिकारीलाई पनि कारबाही सिफारिस गरेको छ। सेनाका पनि विभिन्न युनिटका अधिकारीलाई कारबाही सिफारिस गरेको छ।


    अर्थ चाैतारी
  • बुधबार, ११ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट