logo

२०८२ चैत्र १४, शनिबार

logo
  • २०८२ चैत्र १४, शनिबार
  • स्वास्थ्यका जनशक्तिलाई स्वदेशमै बस्ने वातावरण बनाउनुपर्छः स्वास्थ्यमन्त्री मेहता

    स्वास्थ्यका जनशक्तिलाई स्वदेशमै बस्ने वातावरण बनाउनुपर्छः स्वास्थ्यमन्त्री मेहता

    754
    SHARES
    स्वास्थ्यका जनशक्तिलाई स्वदेशमै बस्ने वातावरण बनाउनुपर्छः स्वास्थ्यमन्त्री मेहता

    काठमाण्डौ । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या एवं खानेपानीमन्त्री निशा मेहताले स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्तिलाई हौसला प्रदान गर्नुपर्ने धारणा धारणा राख्नुभएको छ ।



    मन्त्रालयमा आज आयोजित पदबहाली तथा स्वागत कार्यक्रममा उहाँले स्वास्थ्यका जनशक्तिलाई हौसला नदिइँदा विदेशिने स्थिति सृजना भएको बताउनुभयो । उहाँले भन्नुभयो, “ती जनशक्तिलाई स्वदेशमा नै बस्न सक्ने वातावरण मिलाउनुपर्छ, हौसला दिनुपर्छ ।”

     

    मन्त्री मेहताले जनता र स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्तिलाई सन्तुष्ट बनाउने कार्यलाई सरकारले प्राथमिकता दिने बताउनुभयो । जनशक्तिलाई सन्तुष्ट बनाउन सकेमात्र परिणाम प्राप्त गर्न सकिने र जनताले भरपर्दो सेवा प्राप्त गर्ने उहाँको भनाइ छ ।

     

    उहाँले चिकित्सक तथा नर्सहरूले आफ्नो क्षमताअनुसार अवसर नपाएको बताउँदै यस्ता समस्या सुल्झाउनुपर्नेमा जोड दिनुभयो ।


    अर्थ चौतारी
  • शुक्रबार, १३ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट