logo

२०८२ चैत्र १४, शनिबार

logo
  • २०८२ चैत्र १४, शनिबार
  • ओली र लेखकको पक्राउप्रति तरुण दलको आपत्ति, निर्णय सच्याउन सरकारलाई चेतावनी

    ओली र लेखकको पक्राउप्रति तरुण दलको आपत्ति, निर्णय सच्याउन सरकारलाई चेतावनी

    507
    SHARES
    ओली र लेखकको पक्राउप्रति तरुण दलको आपत्ति, निर्णय सच्याउन सरकारलाई चेतावनी

    काठमाण्डौ। नेपाल तरुण दलले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको पक्राउप्रति भर्त्सना गरेको छ। तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङले एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त पक्राउलाई ‘राजनीतिक प्रतिशोध र पूर्वाग्रह’को पराकाष्ठा भएको आरोप लगाएका छन्। विज्ञप्तिमा भनिएको छ, ‘यस्ता एकपक्षीय र दुराशयपूर्ण कदमहरूले लोकतान्त्रिक मूल्य र विधिको शासनमाथि ठाडो प्रहार गर्नुका साथै देशलाई अनावश्यक द्वन्द्व र अस्थिरतातर्फ धकेल्ने गम्भीर खतरा उत्पन्न गराएको छ।’



    तरुण दलले वर्तमान सरकारलाई आफ्ना निर्णयहरू पुनर्विचार गर्न र विधिको प्रक्रियाअनुरूप पारदर्शी तथा निष्पक्ष ढङ्गले अघि बढ्न चेतावनी दिएको छ। साथै, राजनीतिक सहिष्णुता कायम राख्न र देशको स्थायित्वका लागि गम्भीर बन्न पनि सरकारको ध्यानाकर्षण गराइएको छ।

    विज्ञप्तिमा अगाडि भनिएको छ, ‘देशको स्थायित्व, राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्नु सबै पक्षको साझा दायित्व हो। शान्ति, स्थिरता र समृद्धिको मार्गमा अघि बढ्न सम्पूर्ण राजनीतिक सक्तीहरूबिच सहकार्य र संवाद आवश्यक छ।’

    तरुण दलले राष्ट्रलाई अस्थिरतातर्फ लैजाने कुनै पनि गतिविधिको सशक्त विरोध गर्ने प्रतिबद्धता व्यक्त गर्दै विधिको शासनको पक्षमा आफू सधैँ उभिने स्पष्ट पारेको छ।


    अर्थ चौतारी
  • शनिबार, १४ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट