logo

२०८२ चैत्र २८, शनिबार

logo
  • २०८२ चैत्र २८, शनिबार
  • ओली पत्नी राधिकाले सर्वोच्चमा दिइन् बन्दीप्रत्यक्षीकरणको रिट

    ओली पत्नी राधिकाले सर्वोच्चमा दिइन् बन्दीप्रत्यक्षीकरणको रिट

    650
    SHARES
    ओली पत्नी राधिकाले सर्वोच्चमा दिइन् बन्दीप्रत्यक्षीकरणको रिट

    काठमाण्डौ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई हिरासतमुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट परेको छ।



    आइतबार ओली पत्नी राधिका शाक्यले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दिएकी हुन्। रिट दर्ताको प्रक्रियामा रहेको सर्वोच्च अदालतले जनाएको छ।

    रिटमा जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसका आधारमा पक्राउ गर्नु र थुनामा राख्नु गैरकानूनी भएको दाबी गरिएको छ। कुनै पनि जाँचबुझ वा छानबिन गर्ने निकायको सुझाव वा प्रतिवेदनकै आधारमा सिधै पक्राउ गर्ने कुरा कानुनसम्मत नहुने रिटमा जिकिर गरिएको छ।

    जेनजी आन्दोलनको जाँचबुझ आयोगले दिएको प्रतिवेदनका आधारमा सरकारले शनिबार पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको छ। स्वास्थ्यमा समस्या देखिएपछि ओली त्रिवि शिक्षण अस्पतालमा छन् भने लेखकलाई नेपाल प्रहरीका २ नम्बर गणमा राखिएको छ।


    अर्थ चाैतारी
  • आइतबार, १५ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट