logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • लेखा समितिको निर्देशनका कारण आईपीओ रोकिएका यी हुन् १२ कम्पनी (सूचीसहित)

    लेखा समितिको निर्देशनका कारण आईपीओ रोकिएका यी हुन् १२ कम्पनी (सूचीसहित)

    1.1K
    SHARES
    लेखा समितिको निर्देशनका कारण आईपीओ रोकिएका यी हुन् १२ कम्पनी (सूचीसहित)

    काठमाण्डौ । सार्वजनिक लेखा समितिको निर्देशनका कारण नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा रहेका १२ कम्पनी आईपीओ रोकिएको छ । नेपाल धितोपत्र बोर्डका अनुसार नेटवर्थ ९० रुपैयाँ भन्दा कम भएको कारणले यी कम्पनीको आईपीओ रोकिएको हो ।



     

    यसरी रोकिएका आईपीओमध्ये हाइड्रोपावरतर्फ सातवटा र होटल तथा पर्यटन क्षेत्रसम्वद्ध पाँचवटा कम्पनी रहेका छन् । हाइड्रो पावरतर्फ रिचर्ड जलविद्युत् कम्पनी, बेनी हाइड्रोपावर प्रोजेक्ट, टक्सार पिखुवा खोला हाइड्रोपावर, लाफिङ बुद्ध पावर लिमिटेड, सानिगढ हाइड्रोपावर, युनिक हाइडल कम्पनी, पूवा खोला–एक हाइड्रोपावर रहेका छन् ।

     

    त्यस्तै, होटल तथा पर्यटन क्षेत्रका कम्पनीमध्ये आईपीओ रोकिएका कम्पनीमा एपेम्स हस्पिटालिटी, अर्किट होल्डिङ्स, अन्नपूर्णा केबुलकार, अकामा होटल र ठमेल प्लाजा होटल एण्ड स्वीट रहेका छन् । अहिले सेबोनमा ८९ वटा आईपीओ पाइपलाइनमा छन् । २३ महिनाअघिदेखि पाइपलाइनमा रहेका कम्पनीहरु विभिन्न कारणले आईपीओ रोकिँदै आएका छन् । बाँकी कम्पनी भने बोर्डकै कारण रोकिएको देखिएको छ ।

     

    अहिले बोर्डले आईपीओ निष्कासन रोकिनुमा संसदीय समितिको निर्देशनलाई देखाउँदै आएको भए पनि वास्तवमा अवस्था भिन्न रहेको देखिएको हो । आईपीओ रोकिएको र स्वीकृत गराउन घुस माग्ने गरेको आरोपपछि यतिबेला नेपाल धितोपत्र बोर्डमा अख्तियारले छापा मारेको छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, २५ बैशाख २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट