logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • शुक्रबारबाट आइपीओ निष्काशन गर्दै सान्भी इनर्जी, कति कित्तासम्म भर्न पाइन्छ ?

    शुक्रबारबाट आइपीओ निष्काशन गर्दै सान्भी इनर्जी, कति कित्तासम्म भर्न पाइन्छ ?

    533
    SHARES
    शुक्रबारबाट आइपीओ निष्काशन गर्दै सान्भी इनर्जी, कति कित्तासम्म भर्न पाइन्छ ?

    काठमाण्डौ । सान्भी इनर्जीले जेठ ९ गतेदेखि आइपीओ जारी गर्ने भएको छ। अब दोस्रो चरणमा कम्पनीले सर्वसाधारणका लागि आइपीओ जारी गर्न लागेको हो। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरेको आइपीओ बाँडफाँड गरिसकेको छ।



     

    कम्पनीले सर्वसाधारणका लागि २४ करोड १५ लाख ३० हजार रुपैयाँबराबरको आइपीओ बिक्री खुला गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २४ लाख १५ हजार ३०० कित्ता शेयर जारी गर्नेछ।

    यो आइपीओमा सर्वसाधारण न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक र वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय तथा सीडीएससीको ‘मेरो शेयर’मार्फत आवेदन दिन सक्नेछन्।

     

    सान्भी इनर्जीको आइपीओको निष्कासन बन्द छिटोमा जेठ १३ गते र ढिलोमा जेठ २३ गते हुनेछ। कम्पनीको आइपीओ बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ।


    अर्थ चाैतारी
  • बुधबार, ७ जेष्ठ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट