logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • कान्तिपुर फर्मास्यूटिकल्सको आईपीओ आउँदै, एलिट क्यापिटलसँग सहकार्य

    कान्तिपुर फर्मास्यूटिकल्सको आईपीओ आउँदै, एलिट क्यापिटलसँग सहकार्य

    936
    SHARES
    कान्तिपुर फर्मास्यूटिकल्सको आईपीओ आउँदै, एलिट क्यापिटलसँग सहकार्य

    काठमाण्डौ । आईपीओ निष्कासनको पाइपलाईनमा रहेको कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडको सेयर अण्डरराईटिग (धितोपत्र प्रत्याभूति)का लागि एलिट क्यापिटल लिमिटेडले जिम्मेवारी लिएको छ । मंगलबार एलिट क्यापिटल र कान्तिपुर फर्मास्यूटिकल्सबिच यस सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको हो ।



     

    एलिटले कान्तिपुरको १७ करोड रुपैयाँ बराबरको १७ लाख कित्ता साधारण सेयरको प्रत्याभूति गरेको हो । यससम्बन्धि सम्झौतामा मंगलबार कान्तिपुर फर्मास्यूटिकल्सका प्रबन्ध सञ्चालक नवराज पौडेल र एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्यले हस्ताक्षर गरे ।

     

    कान्तिपुर फर्मास्यूटिकल्सले आईपीओ निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । यसको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ ।

     

    ६३ करोड चुक्तापूँजी भएको सो कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १७ लाख कित्ता आईपीओ निष्कासन गर्ने प्रक्रिया शुरु गरेको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, १३ जेष्ठ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट