logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • हिम स्टार उर्जाले असार २४ गतेदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने

    हिम स्टार उर्जाले असार २४ गतेदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने

    481
    SHARES
    हिम स्टार उर्जाले असार २४ गतेदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने

    काठमाण्डौ । हिम स्टार उर्जा कम्पनी लिमिटेडले असार २४ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले सर्वसाधारणलाई ७ लाख ७३ हजार ९ सय ७५ कित्ता शेयर निष्काशन गर्ने भएको हो।



     

    यस निष्काशनमा असार २७ गतेसम्म आवेदन दिन सकिने छ। आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि दिनु पर्ने छ। शेयर निष्काशनको लागि एनआईसी एसिया क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

     

    कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन गरिसकेको छ ।

     

    यस कम्पनीले ओखलढुंगामा ५ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । यस कम्पनीका मुख्य शेयरधनीमा दिपक तिवारी, शोभा उप्रेती, ध्रुबलाल पाण्डे, नारायण प्रसाद उप्रेती, जगदीश पौडेल, किशोर दत्त बराल, भिजन लुम्बिनी लिमिटेड, दुतराज लामा लगायत रहेका छन् ।


    अर्थ चाैतारी
  • मंगलबार, १७ असार २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट