logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • लोवर मिड रावा खोलाले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ

    लोवर मिड रावा खोलाले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ

    650
    SHARES
    लोवर मिड रावा खोलाले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ

    काठमाण्डौ । खोटाङ जिल्लामा ४ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको लोवर मिड रावा खोला हाईड्रोपावर प्रोजेक्टले प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ । सो आईपीओ निष्कासन तथा बिक्री व्यवस्थापनका लागि कम्पनीले आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।



    यस सम्बन्धमा सोमबार दुवै पक्षबीच सम्झौता सम्पन्न भएको छ । सम्झौतामा लोवर मिड रावा खोला हाईड्रोपावर प्रोजेक्ट लिमिटेडका कार्यकारी अध्यक्ष शम्भु प्रसाद घिमिरे र आरबिवि मर्चेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका हुन् ।

     

    कम्पनीले १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता साधारण सेयर (प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यमा) सर्वसाधारणलाई सार्वजनिक निष्कासन गर्ने तयारी गरेको हो । आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्वमा सञ्चालित संस्था हो ।


    अर्थ चाैतारी
  • मंगलबार, २४ असार २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट