logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • एपेक्स मकालु हाइड्रोपावर आईपीओ ल्याउने तयारीमा, विशेष साधारणसभा साउन ९ गते

    एपेक्स मकालु हाइड्रोपावर आईपीओ ल्याउने तयारीमा, विशेष साधारणसभा साउन ९ गते

    468
    SHARES
    एपेक्स मकालु हाइड्रोपावर आईपीओ ल्याउने तयारीमा, विशेष साधारणसभा साउन ९ गते

    काठमाण्डौ । एपेक्स मकालु हाइड्रोपावर लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को प्रस्तावसहित साउन ९ गते विशेष साधारणसभा बोलाएको छ।



    कम्पनीको असार २५ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालयमा दिउँसो २ बजे सभा गर्ने निर्णय गरेको हो।

    सभामा जारी पूँजीको २० प्रतिशत बराबरको आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरिनेछ। साथै, आईपीओबाट प्राप्त हुने रकम खर्च गर्ने प्रयोजनबारे समेत छलफल हुनेछ।

    यसबाहेक, प्रबन्धपत्रको केही उपधारा संशोधन गर्ने र आवश्यक परेमा नियामक निकायको निर्देशनअनुसार परिवर्तन गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव समेत सभामा पेस गरिनेछ।


    अर्थ चाैतारी
  • विहिबार, २६ असार २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट