logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • हिम स्टार ऊर्जाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    हिम स्टार ऊर्जाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    650
    SHARES
    हिम स्टार ऊर्जाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    काठमाण्डौ। हिम स्टार ऊर्जा कम्पनीले असार २४ गतेदेखि बिक्री गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री गरेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका आइपीओ जारी गरेको हो।



    कम्पनीले जारी पुँजी ३७ करोड ३० लाख रुपैयाँको ३० प्रतिशतले हुन आउने ११ करोड १९ लाख रुपैयाँबराबरको आइपीओ जारी गर्ने अनुमति पाएको छ। जसअनुसार कम्पनीले १०० रुपैयाँ दरका कुल ११ लाख १९ हजार कित्ता शेयर निष्कासन गरेको हो।

    कम्पनीले जारी पुँजीको १० प्रतिशतले हुन आउने १ लाख ८६ हजार ५०० कित्ता शेयर आयोजना प्रभावित बासिन्दाका लागि र सर्वसाधारणलाई छुट्याइएको कुल कित्ताको १० प्रतिशतले हुन आउने ९३ हजार २५० कित्ता शेयर विदेशमा रोजगारमा रहेका नेपालीका लागि बिक्री खुला गरिसकेको छ।

    कम्पनीले अब २ प्रतिशतले हुन आउने १८ हजार ६५० कित्ता शेयर कर्मचारी र ५ प्रतिशतले हुन आउने ४६ हजार ६२५ कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि सुरक्षित गरी बाँकी रहेको ७ लाख ७३ हजार ९७५ कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुला गर्दैछ।

    यो आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछ। कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा एनआइसी एसिया क्यापिटल रहेको छ।

    लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा तथा सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्।


    अर्थ चाैतारी
  • शुक्रबार, २७ असार २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट