logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • विकाश हाइड्रोपावरको आईपीओ बाँडफाँड मिति तय

    विकाश हाइड्रोपावरको आईपीओ बाँडफाँड मिति तय

    468
    SHARES
    विकाश हाइड्रोपावरको आईपीओ बाँडफाँड मिति तय

    काठमाण्डौ । विकाश हाइड्रोपावर कम्पनी लिमिटेडले निष्काशन गरेको आईपीओ आगामी आइतबार बाँडफाँड हुने भएको छ। बिक्री प्रवन्धक प्रभु क्यापिटलले असार २९ गते आइतबार बिहान ९ बजे शेयर बाँडफाँड गर्ने तयारी गरेको हो ।



     

    कम्पनीले निष्काशन गरेको आईपीओमा माग भन्दा ८.७ गुणा बढीको आवेदन परेको छ । कम्पनीको आईपीओमा आवेदन दिने अन्तिम दिनसम्ममा २१ लाख २० हजार ८ सय ७५ जना आवेदकले २ करोड ५६ लाख २७ हजार १ सय १० कित्ताको लागि आवेदन दिएका हुन् । यद्यपि यो प्रारम्भिक तथ्यांक हो ।

     

    कम्पनीले असार १८ गतेदेखि आम सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको हो। कम्पनीले सर्वसाधारणलाई २९ लाख ४२ हजार ७ सय ६० कित्ता शेयर निष्काशन गरेको थियो। माग भन्दा बढीको आवेदन परेकोले कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुने छ। जसमा २ लाख ९४ हजार २ सय ७६ जनाले १० कित्ताको दरले शेयर पाउने छन् । बाँकि आवेदक भने हात खाली हुने छन् ।


    अर्थ चाैतारी
  • शुक्रबार, २७ असार २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट