logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • कृषि विकास बैंकको नाफा र ईपीएसमा उल्लेखनीय वृद्धि, लाभांश क्षमता २ अर्ब ८७ करोड रुपैयाँ

    कृषि विकास बैंकको नाफा र ईपीएसमा उल्लेखनीय वृद्धि, लाभांश क्षमता २ अर्ब ८७ करोड रुपैयाँ

    884
    SHARES
    कृषि विकास बैंकको नाफा र ईपीएसमा उल्लेखनीय वृद्धि, लाभांश क्षमता २ अर्ब ८७ करोड रुपैयाँ

    काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७९/८० को तुलनामा गत वर्ष खुद नाफामा ४३.३८ प्रतिशत वृद्धि गर्दै ४ अर्ब १५ करोड रुपैयाँ नाफा कमाएको छ। अघिल्लो वर्ष बैंकले २ अर्ब ८९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।



     

    सञ्चालन नाफा ४ अर्ब १३ करोड रुपैयाँबाट ५ अर्ब ८४ करोड रुपैयाँमा ४१.२९ प्रतिशतले वृद्धि भएको छ।

     

    खुद ब्याज आम्दानी भने १० अर्ब ५५ करोड रुपैयाँबाट घटेर ९ अर्ब ८२ करोड रुपैयाँमा आएको छ भने कुल सञ्चालन आम्दानी सामान्य कमी भएर १२ अर्ब २२ करोड रुपैयाँबाट ११ अर्ब ९९ करोड रुपैयाँमा झरेको छ।

     

    बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) १८.५६ रुपैयाँबाट बढेर २७.६३ रुपैयाँ पुगेको छ। प्रतिशेयर नेटवर्थ २४१.०४ रुपैयाँ कायम छ। खराब कर्जा दर ३.९१ प्रतिशतबाट ३.२६ प्रतिशतमा घटेको छ।

     

    चुक्ता पूँजी १९ अर्ब २८ करोड रुपैयाँ रहेको बैंकको रिजर्भ १६ अर्ब ९० करोड रुपैयाँ छ। वितरणयोग्य नाफा (लाभांश क्षमता) २ अर्ब १३ करोड रुपैयाँबाट ३४.७३ प्रतिशत वृद्धि भएर २ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ।

     

    बैंकले २ खर्ब १३ अर्ब १४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ भने निक्षेप संकलन २ खर्ब ९३ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ।


    अर्थ चाैतारी
  • आइतबार, २५ साउन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट