logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • स्वस्तिक लघुवित्तको आईपीओ भर्ने आज अन्तिम दिन

    स्वस्तिक लघुवित्तको आईपीओ भर्ने आज अन्तिम दिन

    780
    SHARES
    स्वस्तिक लघुवित्तको आईपीओ भर्ने आज अन्तिम दिन

    काठमाण्डौ । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत साउन ३० गतेदेखि निष्कासन गरिरहेको आईपीओमा आवेदन दिने आज भदौ ३ गते अन्तिम दिन हो।



     

    कम्पनीले पहिलो चरणमा नेपाल सरकारबाट श्रम स्वीकृति लिई विदेशमा गएका नेपालीहरूलाई आईपीओ बिक्री गरेपछि दोस्रो चरणमा सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको हो।

     

    कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल २ लाख ३१ हजार कित्ता आईपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट असार ५ गते अनुमति पाएको थियो। अनुमति पाए लगत्तै कम्पनीले असार २७ गतेदेखि साउन ९ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीलाई कुल २३ हजार १०० कित्ता आईपीओ निष्कासन गरेको थियो। निष्कासन अवधिभर रितपूर्वक आवेदन दिएका २ हजार ३१० जनालाई गत साउन १६ गते बिहानै १० कित्ताका दरले आईपीओ बाँडफाँड गरिसकेको छ।

     

    यता वैदेशिक रोजगारीमा रहेकालाई आईपीओ बेचेर बाँकी रहेको २ लाख ७ हजार ९०० कित्तामध्ये १ हजार १५५ कित्ता कम्पनीमा कार्यरत कर्मचारीलाई र ११ हजार ५५० कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरी बाँकी रहेको १ लाख ९५ हजार १९५ कित्ता सर्वसाधारणलाई बेच्न लागेको हो।

     

    यसमा आवेदन दिंदा कम्तीमा १० कित्ता र बढीमा ५ हजार कित्तासम्म माग गर्न सकिनेछ। यसर्थ कम्तीमा १ हजार र बढीमा ५ लाख रुपैयाँ लाग्नेछ। यसमा आज साँझ ५ बजेसम्म मात्रै आवेदन दिन सकिनेछ।

     

    कम्पनीको आईपीओलाई ईक्रा नेपाल लिमिटेडले ‘इक्राएनपी–आईआर बी एटदरेट’ रेटिंग दिएको छ जसले समयमै वित्तीय दायित्व पूरा गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ।

     

    इच्छुक आवेदकले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी भएका सबै बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयका साथै मेरो शेयर एप प्रयोग गरी आवेदन दिन सक्नेछन्।

     

    आईपीओ निष्कासन तथा बाँडफाँडको काम नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ।


    अर्थ चौतारी
  • मंगलबार, ३ भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट