logo

२०८३ असार ३, बुधबार

logo
  • २०८३ असार ३, बुधबार
  • नेपाल समूह चरणबाटै बाहिरियो

    नेपाल समूह चरणबाटै बाहिरियो

    1.1K
    SHARES
    नेपाल समूह चरणबाटै बाहिरियो

    काठमाण्डौ । ताजिकिस्तानमा जारी एएफसी अन्डर २३ एसियन कप छनोटमा सिरियासँग पराजित भएसँगै नेपाल प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ। शनिबार समूह क मा रहेको नेपाल सिरियासँग ४-२ गोलले पराजित भएको हो।​



     

    दुशान्बेको रिपब्लिकन सेन्ट्रल स्टेडियममा खेलको २६औं मिनेटमा मोहम्मद अल(मुस्तफाले गोल गर्दै सिरियालाई सुरुवाती अग्रता दिलाएका थिए। तर दोस्रो हाफमा नेपालले पुनरागमन गर्दै अग्रता लिएको थियो।

     

    ५५औं मिनेटमा निराजन धामीले गोल गर्दै स्कोर १-१ बराबरीमा ल्याए। त्यसपछि ६५औं मिनेटमा सुमित श्रेष्ठले गोल गर्दै नेपाललाई २-१ को अग्रतासमेत दिलाएका थिए।

     

    तर अन्तिम २५ मिनेटमा सिरियाले खेल आफ्नो पक्षमा फर्काउन सफल भयो। ७३औं मिनेटमा अली अल-रिना र ८१औं मिनेटमा महमूद अल(असवदले गोल गर्दै सिरियालाई ३-२ को अवस्थामा पुर्याएका थिए। ९०औं मिनेटमा मोहम्मद नाइफले गोल गरेपछि सिरियाले ४-२ को सहज जित हात पार्यो।

     

    यसअघि नेपाल पहिलो खेलमा आयोजक ताजिकिस्तानसँग ४-० ले पराजित भएको थियो। लगातार दुई खेलमा हार व्यहोरेसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो।

     

    अर्कोतर्फ सिरियाले यसअघि फिलिपिन्सलाई २(१ ले पराजित गरेको थियो । यस जितसँगै सिरियाले फाइनल चरणमा स्थान बनाउने सम्भावना बलियो बनाएको छ । समूह क मा सिरियाको ६ अंक छ। नेपालले भने अंकको खाता खोल्न सकेको छैन । नेपालले समूह चरणको आफ्नो अन्तिम खेल २४ भदौमा फिलिपिन्ससँग खेल्नेछ।


    अर्थ चौतारी
  • आइतबार, २२ भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट