logo

२०८३ असार ३, बुधबार

logo
  • २०८३ असार ३, बुधबार
  • निजामती सेवा दिवस, सरकारी काममा ढिलासुस्ती नगर्न प्रधानमन्त्री ओलीको निर्देशन

    निजामती सेवा दिवस, सरकारी काममा ढिलासुस्ती नगर्न प्रधानमन्त्री ओलीको निर्देशन

    416
    SHARES
    निजामती सेवा दिवस, सरकारी काममा ढिलासुस्ती नगर्न प्रधानमन्त्री ओलीको निर्देशन

    काठमाण्डौ । भदौ २२ गते अर्थात आइतबार आज निजामति सेवा दिवस रहेको छ । मुलुकको स्थायी सरकारका रूपमा रहेका निजामती सेवाका कर्मचारीहरुले आज देशभर विभिन्न कार्यक्रम आयोजना दिवस मनाइरहेका छन् ।



    निजामती सेवासम्बन्धी ऐन पहिलोपटक जारी भएको विक्रम संवत् २०१२ भदौ २२ गतेको स्मरण गर्दै २०६१ सालदेखि हरेक वर्ष भदौ २२ गते निजामती सेवा दिवस मनाउने गरिएको छ ।

    निजामति कर्मचारीहरु भनेका देशका स्थायी सरकार हुन् । कर्मचारीहरुले उत्कृष्ट कार्यसम्पादन गरिदिएको खण्डमा देश विकासमा कायापलट हुने नागरिकहरुको धारणा रहेको छ । निजामति सेवा दिवसको अवसरमा प्रधानमन्त्री के पी शर्मा ओलीले ढिलोसुस्ती काम नगरी उत्कृष्ट काम गर्न निजामति कर्मचारीहरुलाई बधाइ दिएका छन् ।

    सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले निजामती सेवाले प्रविधिमैत्री, नागरिक केन्द्रित र छरितो सेवा प्रणालीमार्फत नागरिकलाई छिटो, सरल र पारदर्शी सेवा दिनुपर्ने बताएकी छिन् ।


    अर्थ चौतारी
  • आइतबार, २२ भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट