logo

२०८३ असार ३, बुधबार

logo
  • २०८३ असार ३, बुधबार
  • सिंहदरबारको मुल गेट फुटाएर भित्र छिरे ‘जेन-जी’

    सिंहदरबारको मुल गेट फुटाएर भित्र छिरे ‘जेन-जी’

    1.3K
    SHARES
    सिंहदरबारको मुल गेट फुटाएर भित्र छिरे ‘जेन-जी’

    काठमाण्डौ। जेन जी आन्दोलनकारीले आज राजधानीको सिंहदरबार परिसरमा प्रवेश गरेका छन्। सिंहदरबारको मुल गेट फुटाएर जेनजी भित्र प्रवेश गरेका हुन् ।



    सोमबारको दमनमा १९ जनाको मृत्यु भएपछि आक्रोशित युवा विभिन्न सडक मार्गबाट सिंहदरबारतर्फ अघि बढेका थिए। उनीहरूले सुरक्षा घेरा तोड्दै परिसरमा प्रवेश गरेका हुन्।

    प्रदर्शनकारीहरूले भ्रष्टाचार अन्त्य, जवाफदेहिता सुनिश्चित र सरकारको राजीनामा माग गर्दै नाराबाजी गरिरहेका छन्। प्रशासनले स्थिति नियन्त्रणमा लिन सुरक्षा बल परिचालन गरेको छ।

    सिंहदरबारमा प्रवेश गरेसँगै राजधानीमा तनावपूर्ण अवस्था सिर्जना भएको छ। आसपासका कार्यालय र सडकमा सुरक्षा कडा गरिएको छ।


    अर्थ चौतारी
  • मंगलबार, २४ भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट