logo

२०८३ असार ३, बुधबार

logo
  • २०८३ असार ३, बुधबार
  • जेनजीको अपील : सार्वजनिक सम्पत्तिमा क्षति नपुर्‍याउन आग्रह

    जेनजीको अपील : सार्वजनिक सम्पत्तिमा क्षति नपुर्‍याउन आग्रह

    1.6K
    SHARES
    जेनजीको अपील : सार्वजनिक सम्पत्तिमा क्षति नपुर्‍याउन आग्रह

    काठमाण्डौ। जेनजी आन्दोलनले सार्वजनिक सम्पत्तिमा क्षति नपुर्‍याउन सबैलाई अपील गरेको छ। आन्दोलनका परिणामस्वरूप सरकारले घुँडा टेकेको र यसले नयाँ राजनीतिक निकासको बाटो खोलेको उल्लेख गर्दै जारी सार्वजनिक अपीलमा भनिएको छ–



    ‘अब यो देश हाम्रो नेतृत्वमा आएको छ, सार्वजनिक सम्पत्ति हामी सबैको सम्पत्ति हो। त्यसैले आन्दोलनमा संलग्न साथीहरूलाई संयमित रहन र सार्वजनिक सम्पत्तिमा क्षति नपुर्‍याउन हार्दिक अनुरोध गर्दछौं।’

    अपीलमा थप भनिएको छ कि नागरिक सरकार र नयाँ राजनीतिक मार्गनिर्देशनको तयारी भइरहेको छ। ‘हाम्रो न्यूनतम अडान सर्वस्वीकार्य व्यक्तिको नेतृत्वमा नागरिक सरकारको गठन र नयाँ निर्वाचनमा जानु हो। यसैमार्फत हामी हाम्रो सुरक्षित भविष्य भएको नेपाल बनाउन सक्छौं,’ अपीलमा उल्लेख छ।


    अर्थ चौतारी
  • मंगलबार, २४ भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट