logo

२०८३ असार ३, बुधबार

logo
  • २०८३ असार ३, बुधबार
  • आन्दोलन स्थगित गरी वार्तामा आउन Gen-Z लाई प्रधान सेनापतिको आग्रह

    आन्दोलन स्थगित गरी वार्तामा आउन Gen-Z लाई प्रधान सेनापतिको आग्रह

    2.2K
    SHARES
    आन्दोलन स्थगित गरी वार्तामा आउन Gen-Z लाई प्रधान सेनापतिको आग्रह

    काठमाण्डौ। प्रधान सेनापति अशोकराज सिग्देलले विषम परिस्थितबाट राष्ट्रलाई शान्तिपूर्ण रूपमा निकास दिन आन्दोलनका कार्यक्रम स्थगित गरी वार्तामा आउन जेनजी पुस्तालाई आव्हान गरेका छन् ।



    देशबासीका नाममा सम्बोधन गर्दै सिग्देलले नेपालको स्वतन्त्रता सार्वभौमसत्ता भौगोलिक अखण्डता स्वाधीनता र राष्ट्रिय एकताका लागि नेपाली जनताको सुरक्षार्थ नेपाली सेना कटिवद्ध रहेको बताएका छन् ।

    उनले भने, ‘जेनजीको आन्दोलनमा पुगेको जनधनको क्षतिप्रति गहिरो दु:ख व्यक्त गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना,शोक सन्तप्त परिवारजनमा समवेदनासहित घाइतेको स्वास्थ्यलाभको कामना गर्दछौं ।’

    ‘हालसम्म धेरै क्षति भएकाले थप क्षति हुन नदिन, शान्ति सुरक्षा र अमनचयन राष्ट्रिय एकता र सद्भाव कायम गर्नु नेपालीको साझा दायित्व हो । सार्वजनिक एवं नागरिकको सम्पत्ति, कुटनीतिक नियोक र नागरिकलाई सुरक्षाको प्रत्याभूति दिनु साझा कर्तव्य हो’, सेनापतिले भनेका छन् ।


    अर्थ चौतारी
  • मंगलबार, २४ भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट