logo

२०८३ असार ३, बुधबार

logo
  • २०८३ असार ३, बुधबार
  • कारागारबाट निस्किएका कैदीबन्दी सम्पर्कमा नआए पक्राउ गर्नेछौँः चितवन प्रशासन

    कारागारबाट निस्किएका कैदीबन्दी सम्पर्कमा नआए पक्राउ गर्नेछौँः चितवन प्रशासन

    1.2K
    SHARES
    कारागारबाट निस्किएका कैदीबन्दी सम्पर्कमा नआए पक्राउ गर्नेछौँः चितवन प्रशासन

    काठमाण्डौ। जिल्ला कारागार भरतपुरबाट निस्किएका कैदीबन्दीलाई प्रशासनको सम्पर्कमा आउन जिल्ला सुरक्षा समितिले अनुरोध गरेको छ । हिजो बेलुका सुरक्षा समितिको तर्फबाट प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सूचना जारी गरि जिल्ला कारागार भरतपुरबाट बुधबार बिहान गेट फोडेर निस्किएका कैदीबन्दीलाई प्रशासनको सम्पर्कमा आउन अनुरोध गरेका हुन् ।



     

    अर्यालले जारी गरेको सूचनामा कारागार छोडेर निस्किएकै कारण कैदीबन्दीलाई फरक व्यवहार नगरिने तर, सम्पर्कमा नआए पक्राउ गरेर ल्याउने बताएका छन् । चितवन कारागारबाट ७५० जनाको संख्यामा कैदीबन्दी हिजो बन्दोबस्तीको समानसहित निस्किएका थिए । उनीहरुले प्रहरीको सुरक्षा हातहतियार समेत लगेको सुरक्षा समितिले जनाएको छ ।

     

    सूचनामा हातहतियार समेत फिर्ता गर्न भनिएको छ । हिजो केही कैदीबन्दीलाई भारतसीमाबाट नियन्त्रणमा लिइएको थियो । यसैगरि सुरक्षा समितिले बिस्तारै निशेधाज्ञा खुकुलो बनाउँदै लैजाने पनि जनाएको छ ।


    अर्थ चौतारी
  • विहिबार, २६ भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट