logo

२०८३ असार ३, बुधबार

logo
  • २०८३ असार ३, बुधबार
  • सेनाले लम्बायो निषेधाज्ञा र कर्फ्यु आदेश, शुक्रबार पनि कर्फ्यु जारी रहने

    सेनाले लम्बायो निषेधाज्ञा र कर्फ्यु आदेश, शुक्रबार पनि कर्फ्यु जारी रहने

    1.1K
    SHARES
    सेनाले लम्बायो निषेधाज्ञा र कर्फ्यु आदेश, शुक्रबार पनि कर्फ्यु जारी रहने

    काठमाण्डौ। स्वघोषितरूपमा शान्ति सुरक्षाको कमाण्ड सम्हालेको नेपाली सेनाले काठमाडाैंका तीन जिल्ला ललितपुर, काठमाडाैै र भक्तपुरमा कर्फ्यु र निषेधाज्ञाको आदेश पुनः लम्ब्याएको छ।



     

    बिहीबार बेलुकी सूचना जारी गर्दै सेनाले भदौ २७ गते शुक्रबारका दिन बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा लागू गरेको छ। यसैगरी भदौ २७ गते शुक्रबार बेलुकी ७ बजेदेखि शनिबार बिहान ६ बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ।

    सेनाले अत्यावश्यक कार्यका लागि शुक्रबार २७ गते बिहान ६ बजेदेखि ११ बजेसम्म र बेलुकी ५ देखि ७ बजेसम्म आवागमन खुल्ला गरिने जानकारी दिएको छ।

     

    अत्यावश्यक सेवाका एम्बुलेन्स, शव वाहन,दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मी, खाद्यान्न, ग्याँस, इन्धन, दुध, तरकारी, पानी, सञ्चार प्रदायक कम्पनी र औषधी ओसारपसार गर्ने सवारी साधन सञ्चालन गर्न सकिनेछ।

     

    सरकारी कार्यालय, राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारी, बैङ्क तथा वित्तीय संस्था लगायतका सार्वजनिक संस्थाहरूमा कार्यरत कर्मचारीहरूले आफ्नो सक्कल परिचय पत्र(डिजिटल बाहेक) देखाएर कार्यालय आउजाउ गर्न पाउनेछन् ।

     

    आन्तरिक र विदेश उडानका यात्रुहरूले आफ्नो उडानको टिकट देखाएर विमानस्थलसम्म आउजाउ गर्न सक्नेछन्

    काठमाडाैं उपत्यका बाहिरको जिल्लामा स्थानीय सुरक्षा समितिले स्थानीय आवश्यक्ता अनुसार निषेधाज्ञा वा कर्फ्युको आदेशबारे निर्णय लिन सक्ने सेनाले जारी गरेको सूचनामा उल्लेख छ।


    अर्थ चौतारी
  • शुक्रबार, २७ भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट