logo

२०८३ असार ३, बुधबार

logo
  • २०८३ असार ३, बुधबार
  • रवि लामिछाने कारागार फर्कन तयार

    रवि लामिछाने कारागार फर्कन तयार

    2K
    SHARES
    रवि लामिछाने कारागार फर्कन तयार

    काठमाण्डौ। रास्वपाका सभापति रवि लामिछाने कारागार फर्कन तयार भएको बताएका छन्। आज अपराह्न कार्यवाहक सभापति, जिल्ला प्रशासन प्रमुख र कारागार प्रमुखबीच भएको भेटवार्ता भएको थिएको थियो । भेटवार्तापछि पार्टीका प्रवक्ता मनिष झाले सञ्चारकर्मीलाई जानकारी दिँदै भने, “प्रशासनले खबर गरेपश्चात अध्यक्षज्यू कारागार फर्किन तयार हुनुहुन्छ।”



     

    यसअघि जेन–जी आन्दोलनको क्रममा नख्खु कारागारमा रहेका कैदी बन्दीलाई भिडले बाहिर ल्याएपछि लामिछाने पनि बाहिरिएका थिए। तर, उनी पुनः कानुनी प्रक्रियाअनुरूप कारागार फर्कन तयार रहेको प्रवक्ता झाले स्पष्ट पारेका छन्। जिल्ला प्रशासन कार्यालयका अधिकारीहरूले भने आवश्यक प्रक्रिया पूरा गरेपछि आगामी कदमबार जानकारी गराउने बताएका छन्।


    अर्थ चौतारी
  • शुक्रबार, २७ भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट