logo

२०८२ कात्तिक ३०, आइतबार

logo
  • २०८२ कात्तिक ३०, आइतबार
  • एसवाई प्यानलको आईपीओ बाँडफाँड, ६ जनाले पाए ११ कित्ता शेयर

    एसवाई प्यानलको आईपीओ बाँडफाँड, ६ जनाले पाए ११ कित्ता शेयर

    299
    SHARES
    एसवाई प्यानलको आईपीओ बाँडफाँड, ६ जनाले पाए ११ कित्ता शेयर

    काठमाण्डौ । एसवाई प्यानल लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलले आज आइतबार बिहान शेयर बाँडफाँड गरेको हो।

     

    कम्पनीले कार्तिक १९ गतेदेखि कार्तिक २३ गतेसम्म आम सर्वसाधारणलाई ४० लाख ७६ हजार १ सय ५६ कित्ता शेयर निष्काशन गरेको थियो। क्यापिटलका अनुसार यस आईपीओमा कुल २१ लाख ८९ हजार ७ सय ७३ जनाले आवेदन दिएका थिए ।

     

    जस मध्ये २० लाख ८७ हजार ३ सय २० जनाको आवेदन मात्र योग्य भएको छ। माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ। जस अनुसार ४ लाख ७ हजार ६ सय १५ जनाले मात्र शेयर पाएका छन्। शेयर पाएका मध्ये ६ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ताको दरले पाएका छन् । बाँकि आवेदक भने हात खाली भएका छन् । आईपीओको नातिजा केही समयपछि प्रकाशन हुने छ।

     

     

    यो कम्पनीले प्यानल उत्पादन गर्छ। यो कम्पनी दक्षिण कोरियाको SY CO. LTD. को सहायक कम्पनी हो। SY CO. LTD. लाई एसियाको नम्बर १ प्यानल निर्माताको रूपमा चिनिन्छ। कम्पनीले उच्च गुणस्तरका EPS र PUF स्यान्डविच प्यानलहरू उत्पादन गर्छ । जुन लागत-प्रभावी, बलियो र कुशल हुनुका साथै अत्यधिक तातो वा चिसो हावापानीका लागि उत्कृष्ट इन्सुलेसन प्रदान गर्ने कम्पनीले जनाएको छ। कम्पनीले डिजाइनदेखि निर्माणसम्म सुरक्षा र विश्वसनीयता सुनिश्चित गर्दै भूकम्प-प्रतिरोधी संरचनाहरूका लागि पूर्ण समाधान प्रदान गर्ने पनि जनाएको छ ।

     

    कम्पनीले कोरियाली स्यान्डविच प्यानल, UPVC झ्याल, स्टिल ढोका लगायतका सामग्रीहरू पनि उपलब्ध गराउँने गरेको छ।


    अर्थ चाैतारी
  • २०८२ कात्तिक ३०, आइतबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट