काठमाण्डौ । आफ्ना पिता सुवास नेम्वाङको असमायिक निधन भएपछि राजनीतिमा आएका थिए, सुहाङ नेम्वाङ। सुवास नेम्वाङको निधन भएपछि २०८१ मा इलाम-२ रिक्त रह्यो। त्यो ठाउँमा उपचुनावका लागि एमालेले छोरा सुहाङ नेम्वाङलाई नै उम्मेदवार बनायो। र, उनले जिते पनि।
संसद्मा आएर पनि उनले लोकप्रियता कमाए। आफ्ना बुवाजस्तै मृदुभाषी उनी सबैका प्रिय बने। हाल ३७ वर्षका उनले राजीतिमा आएको छोटै समयमा एमालेभित्र लोकप्रिय युवा नेताको छवि बनाए।
तर, ११ औँ महाधिवेशनमा आइपुग्दा पार्टीको संस्थापन केपी शर्मा पक्षको प्यानलबाट उनी केन्द्रीय सदस्यको उम्मेदवार बन्न सकेनन्। गत भदौ २३ र २४ मा भएको जेनजी विद्रोहपछि युवालाई पार्टीमा भित्र्याउने भन्दै विधान संशोधन समेत गर्यो।
विधानमा हेरफेर गरेर युवाका लागि ५ प्रतिशत छुट्याउँदा पनि युवामाझ आफ्नो पहिचान बनाइसकेका सुहाङ संस्थापन पक्षको प्यालनमा परेनन्। ओली पक्षको प्यानलमा नपरेका उनी अव स्वतन्त्ररुपमा केन्द्रीय सदस्य लड्ने तयारीमा छन्।
अर्थ चौतारी ।