logo

२०८३ बैशाख १८, शुक्रबार

logo
  • २०८३ बैशाख १८, शुक्रबार
  • राष्ट्रिय सभा सदस्यका उम्मेदवारले साढे ३ लाख खर्च गर्न पाउने, कुन शीर्षकमा कति ?

    राष्ट्रिय सभा सदस्यका उम्मेदवारले साढे ३ लाख खर्च गर्न पाउने, कुन शीर्षकमा कति ?

    897
    SHARES
    राष्ट्रिय सभा सदस्यका उम्मेदवारले साढे ३ लाख खर्च गर्न पाउने, कुन शीर्षकमा कति ?

    काठमाण्डौ । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि खर्चको सीमा निर्धारण गरेको छ । आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले ३ लाख ५० हजार रुपैयाँ बराबरको खर्च गर्न पाउने सीमा निर्धारण गरेको छ ।



     

    आयोगले मतदाता नामावली खरिदका लागि १ हजार रुपैयाँ, सवारी साधनमा ७० हजार रुपैयाँ, सवारी इन्धन १० हजार रुपैयाँ, प्रचारप्रसार सामग्रीमा १४ हजार ५०० रुपैयाँ खर्च गर्न पाउने गरी खर्चको सीमा निर्धारण गरेको छ ।

     

    यसैगरी ढुवानी १० हजार रुपैयाँ, गोष्ठी अन्तरक्रियाका लागि १ लाख रुपैयाँ, अन्य प्रचारप्रसार, छापा एवं विद्युतीय माध्यममा खर्च १४ हजार ५०० रुपैयाँ खर्च गर्न पाइनेछ । त्यस्तै कार्यालय सञ्चालन ७० हजार रुपैयाँ, प्रतिनिधि परिचालन ३० हजार रुपैयाँ र विविध शीर्षकमा ३० हजार रुपैयाँ खर्च गर्न पाउनेछन् । आगामी माघ ११ गते राष्ट्रिय सभा सदस्य निर्वाचन हुँदैछ ।

     

    उम्मेदवारले खर्च गर्दा बैंक तथा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट खर्च गर्न र यसरी खर्च गर्दा निजको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोकी गर्नुपर्ने आयोगले जनाएको छ । निर्वाचन खर्चको विवरण निर्वाचन सम्पन्न भएपछि सार्वजनिक गरी राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ अनुसार, आयोगमा पेस गर्नुपर्नेछ ।


    अर्थ चौतारी
  • सोमबार, १४ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट