logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • उपभोक्ता संरक्षण विभागद्वारा दुई वटा फर्मलाई जरिवाना

    उपभोक्ता संरक्षण विभागद्वारा दुई वटा फर्मलाई जरिवाना

    1.1K
    SHARES
    उपभोक्ता संरक्षण विभागद्वारा दुई वटा फर्मलाई जरिवाना

    काठमाण्डौ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले साेमबार ललितपुरका विभिन्न १७ वटा फर्ममा अनुगमन तथा निरीक्षण गरेको छ । निरीक्षणका क्रममा कैफियत देखिएका दुई वटा फर्मलाई नगद जरिवाना गरेको छ ।



     

    विभागका अनुसार शक्ति मार्बल्स ललितपुर एकान्तकुनालाई रु २० हजार जरिवाना गरेको छ । यस्तै, आर के ब्रदर्श ललितपुर हात्तीवनलाई रु १५ हजार जरिवाना गरेको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५, दफा ३८ ‘घ’ बमोजिमको कसुरमा सोही ऐको दफा ३९ १ ‘क’ अनुसार ती फर्मलाई कारबाही गरिएको हो ।

     

     

    अन्य १५ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिइएको विभागले जनाएको छ । विभागले नियमित जसो बजार अनुगमन गर्दै कालोबजारी नियन्त्रण र स्वच्छता कायम राख्दै आएको छ । स्थानीय प्रशासन, जनप्रतिनिधि समेतको सहकार्यमा बजार अनुगमन तथा निरीक्षण जारी रहने विभागले जनाएको छ ।


    अर्थ चौतारी
  • मंगलबार, १५ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट