logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • लाभांश फिर्ता लैजान सहजीकरण गर्ने केन्द्रीय बैंकको कदमको निक्कीले गर्‍यो स्वागत

    लाभांश फिर्ता लैजान सहजीकरण गर्ने केन्द्रीय बैंकको कदमको निक्कीले गर्‍यो स्वागत

    1.2K
    SHARES
    लाभांश फिर्ता लैजान सहजीकरण गर्ने केन्द्रीय बैंकको कदमको निक्कीले गर्‍यो स्वागत

    काठमाण्डौ । नेपाल भारत चेम्बर अफ कमर्स एन्ड इन्डष्ट्री (निक्की)ले केन्द्रीय बैंकलाई नेपालमा लगानी गरेका विदेशी लगानीकर्तालाई लाभांश फिर्ता सम्बन्धमा गरेको सहजीकरणका लागि धन्यवाद दिएको छ।



     

    गत जेठ १५ गते निक्कीले राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेललाई भेट गर्दै विदेशी कर्मचारीहरुको तलब तथा लाभांश फिर्ता, सीमा पार सेवाका भुक्तानीमा देखिएको झन्झट, र एकद्धार प्रणालीको प्रभावकार कार्यान्वयमा विषयमा ध्यानाकर्षण गराउँदै सहजीकरण गर्न आग्रह गरेको थियो। यसै साता नेपाल राष्ट्र बैंकले २५००० सम्मका २०० र ५०० भारतीय नोट चलाउन अनुमति दिएको थियो।

     

    यसका साथै, सोमबार राष्ट्र बैंकले एकद्वार प्रणालीको पूर्ण कार्यान्वय गर्दै विदेशी लगानीकर्तालाई लाभांश फिर्ताका लागि उद्योग विभाग र राष्ट्र बैंकमा दोहोरो कागजात पेश गर्दा भइरहेको झंझट मात्र हटेको छैन, यसबाट विदेशी लगानीकर्ताको लागि वास्तविकरुपमा एकद्वारा प्रणाली लागु भएको निक्कीका अध्यक्ष सुनिल केसीले बताए। निक्की अन्तगर्तको इन्डियन विजनेस फोरम (आईबीएफ)का सह संयोजक सैबाल घोषले पनि राष्ट्र बैंकको नयाँ नीतिगत परिवर्तनलाई स्वागत गर्दै यसले वास्तवमा लगानीकर्ता र नेपाल सरकार दुवैलाई सिर्जना भएको कामको दोहोरोपनलाई हटाउने बताए।

     

     

    ‘यसअघिको व्यवस्थाले वास्तवमा लगानीकर्ता र नेपाल सरकार दुवैलाई कामको दाहोरोपन सिर्जना गरेको थियो’, नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल तथा राष्ट्र बैंकलाई नेपालमा रहेका भारतीय बहुराष्ट्रिय कम्पनीहरूको तर्फबाट धन्यवाद दिँदै उनले भने, ‘यस नयाँ प्रक्रियाले लगानीकर्तालाई अझ प्रभावकारी बनाउनेछ र उद्योग विभागमा स्थापना गरिएको ‘वन विन्डो’ प्रणाली थप प्रभावकारी तथा दक्ष हुनेछ।’

     

     

    नेपाल राष्ट्र बैंकले विदेशी लगानीकर्तालाई नेपालबाट लाभांश लैजान सहज व्यवस्था गर्दै सोमबार विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली २०७८ संशोधन गरेको छ। यसअनुसार विदेशी लगानीकर्ताले लाभांश आफ्नो खाता भएको वाणिज्य बैंकबाट नै लैजान सक्ने गरी बाटो खुला गरिदिएको छ। विदेशी लगानी तथा हस्तान्तरण ऐन २०७५ को दफा २० र २६ का व्यवस्थाबमोजिम विदेशी लगानी तथा आर्जित रकम फिर्ता लैजान इजाजतप्राप्त वाणिज्य बैंकले विदेशी मुद्राको सटही सुविधा प्रदान गर्न सक्ने विनियमावलीमा उल्लेख छ। यसका लागि अब निवेदन मात्र दिएर लाभांश फिर्ता लैजान सक्नेछन्।

     

    यसअघि एकद्धार प्रणाली प्रभावकारी नभएकाले दस्तावेज दोहोरो पेश गर्नु पर्ने समस्या रहेको थियो।


    अर्थ चौतारी
  • बुधबार, १६ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट