logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • निजी क्षेत्रलाई हेर्ने हाम्रो दृष्टिकोण बदल्न आवश्यक छः प्रचण्ड

    निजी क्षेत्रलाई हेर्ने हाम्रो दृष्टिकोण बदल्न आवश्यक छः प्रचण्ड

    1.4K
    SHARES
    निजी क्षेत्रलाई हेर्ने हाम्रो दृष्टिकोण बदल्न आवश्यक छः प्रचण्ड

    काठमाण्डौ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्नुपर्ने बताएका छन् । देशको अर्थतन्त्र उकास्ने उद्देश्यसहित नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक संवाद कार्यक्रममा दाहालले यस्तो बताएका हुन् ।



     

    ‘निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणप्रति हाम्रो धेरै कमजोरी रहेका छन् । हामीले यसलाई सुधार गरेर जान आवश्यक छ,’ दाहालले भने, ‘अब हामीले धेरै विकास र समृद्धिको कुरा गर्ने भन्दा पनि तत्कालका लागि निर्वाचन गराउने विषयलाई नै प्राथमिकतामा राखेर जान आवश्यक छ ।’

     

    जेनजी प्रदर्शनले एकातर्फ दलहरुलाई सच्चिनका लागि दबाब सिर्जना गरेको छ भने आत्मक समिक्षा र नयाँ संकल्प गर्न बाध्य बनाएको दाहालले बताए । यसका लागि जेनजी आन्दोलनका अभियान्तहरुलाई उनले धन्यवाद समेत व्यक्त गरे ।

     

     

    ‘अब देश अन्यौलको स्थितिमा छैन भन्ने हामी सबैलाई लागेको छ । हिजोका दिनमा धेरै किसिमको जटिलता, अप्ठ्यारो र असहजतालाई झेल्दै मुख्य बाटो निर्वाचन नै हो भनेर अघि बढेकोमा वर्तमान सरकारलाई धन्यावाद भन्न चाहान्छु,’ दाहालले भने, ‘अब नागरिक र सबै पक्ष निर्वाचनमा जानुपर्ने पाटोमा अगाडि बढ्न थालेका छन् ।’


    अर्थ चौतारी
  • बुधबार, १६ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट