logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • भ्रष्टाचार नियन्त्रणका लागि एकताबद्ध भएर अघि बढ्न आवश्यकः उपसभापति अर्याल

    भ्रष्टाचार नियन्त्रणका लागि एकताबद्ध भएर अघि बढ्न आवश्यकः उपसभापति अर्याल

    1.7K
    SHARES
    भ्रष्टाचार नियन्त्रणका लागि एकताबद्ध भएर अघि बढ्न आवश्यकः उपसभापति अर्याल

    काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्याल (डिपी)ले भ्रष्टाचार नियन्त्रणका लागि सबै एकताबद्ध भएर अघि बढ्न आवश्यक भएको बताएका छन् ।



     

    देशको अर्थतन्त्र उकास्ने उद्देश्यसहित नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक संवाद कार्यक्रममा अर्यालले यस्तो बताएका हुन् ।

     

    ‘आजका लागि युवाशक्ति हाम्रो सबैभन्दा ठूलो शक्ति हो । रोजगारी सिर्जनादेखि विविध पक्षमा हामीले त्यसबाट फाइदा लिन सक्नुपर्दछ,’ अर्यालले भने, ‘आन्दोलनका नाममा जे–जति क्षेती भयो, त्यो दुःखद छ । तर, अब, युवालाई हामीले रोजगारी सिर्जना र उत्पादनमा लगाउन आवश्यक छ ।’ उनले निजी क्षेत्र रोजगारी सिर्जनाको मुख्य केन्द्र भएकाले यस क्षेत्रलाई प्रोत्साहन गर्दै लैजान आवश्यक भएको बताए ।

     

    ‘देश निर्वाचन केन्द्रीत भएको छ । यसका लागि सरकार, निर्वाचन आयोग र सम्बन्धीत पक्षलाई धन्यवाद दिन चाहान्छु,’ ढकालले भने, ‘अब नेपालको उच्च सम्भावना भएको पर्यटन, कृषि, सूचना प्रविधि, उद्योग तथा नयाँ रोजगारी सिर्जना गर्ने स्टार्टअप र उद्यमको विकासमा हामी अगाडि बढ्न आवश्यक छ ।’

     

    घरेलु तथा विदेशी लगानी भित्र्याउनका लागि नीतिगत सुधारदेखि भ्रष्टाचार नियन्त्रणमा एकताबद्ध भएर अगाडि जानुपर्ने उनको तर्क छ ।


    अर्थ चौतारी
  • बुधबार, १६ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट