logo

२०८३ बैशाख १८, शुक्रबार

logo
  • २०८३ बैशाख १८, शुक्रबार
  • सिद्धार्थ बैंकले पायो कर्पोरेट एक्सिलेन्स अवार्ड

    सिद्धार्थ बैंकले पायो कर्पोरेट एक्सिलेन्स अवार्ड

    910
    SHARES
    सिद्धार्थ बैंकले पायो कर्पोरेट एक्सिलेन्स अवार्ड

    काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले वाणिज्य बैंक विधाको कर्पोरेट एक्सिलेन्स अवार्ड पाएको छ।



    कर्पोरेट क्लब नेपाल प्रालि (द एचआरएम)ले वार्षिक रुपमा आयोजना गर्दै आएको अवार्ड समारोहमा बैंकलाई उक्त अवार्डबाट सम्मानित गरिएको हो।

    माघ १६ गते आयोजना भएको उक्त अवार्ड समारोहमा सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत श्री रामेश्वर प्रसाद बस्यालले उक्त अवार्ड ग्रहण गरेका थिए।

    मानव संसाधन व्यवस्थापन, संस्थागत सुशासन तथा उत्कृष्ट कार्यसम्पादनमा बैंकले पुर्याएको योगदानको कदरस्वरूप यो सम्मान बैंकलाई प्रदान गरिएको हो।

    आफ्ना ग्राहकहरूप्रतिको प्रतिबद्धतालाई यस उपाधिले थप मजबूत बनाउने र आगामी दिनहरुमा अझ व्यवस्थित ढङ्गले सेवा प्रदान गर्न यस उपाधिले बैंकलाई प्रेरित गरेको बैंकले जनाएको छ।


    अर्थ चाैतारी
  • सोमबार, १९ माघ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट